शिक्षा क्षेत्रको विकासमा जहाँ सरकार छैन्, त्यहा गैसस


जुम्ला । महादेव आधारभुत विद्यालयका शिक्षक रन्नलाल रोकाया पठन सामाग्री निर्माण सम्बन्धी ४ दिने तालिममा सहभागी भए । उनले चारदिनको अवधिमा बालबालिको पठन विकासका टेवा पुग्ने, सिकाई बृद्धि हुने र विद्यालयमा आर्कषित हुने खालका दुई दर्जन बढि शैक्षिक सामाग्री निर्माण गरे ।

उनले पठन सामाग्री निर्माण सम्बन्धी तालिम दोस्रो पटक लिए । सरकारले शिक्षामा अर्बौ लगानी गरेपनि शिक्षकको क्षामता बृद्धि, छापामय विद्यालय बनाउन तथा बालबालिका आर्कषण गर्न सुक्को खर्च गर्न नसकेको तर्क गरे । खाली भवन बनाएर, मात्रै गुणस्तरी शिक्षा आर्जन हुदैन, कस्तो शिक्षा दिने, बालबालिकालाई कसरी विद्यालय पहुँचका ल्याउने भन्ने योजना स्थानीय सरकार संगै पनि नभएको उल्लेख गरे ।

त्यस्तै शंकर आधारभुत विद्यालयकी शिक्षिका पार्वती विष्ट ले दुर्गमका बालबालिकाको शिक्षण सिकाई अभिबृद्धिका लागि सरकारले अझैपनि उल्लेखिय काम गर्न नसकेको गुनासो गरिन् । पठन सामाग्री निर्माणको चार दिने तालिममा पहिलोपटक आउदाँ उनले सरकारले पनि यस्तै कार्यक्रम रहेक क्षेत्रमा गरेको भए कुनै पनि समुदाय अशिक्षीत हुन नपर्ने दाबी गरिन । विडम्बना गैसस जस्तै गरी सरकाले शिक्षा क्षेत्रमा लगानी गरे पनि उपब्धी दिन नसकेको बताईन् ।

यस्तै गुनासा जुम्लामा दुई चरणका संचालन भएको ८ दिने पठन सामाग्र तालिममाा सहभागि शिक्षकहरुले गरे । संघियता आईसक्दा पनि शिक्षकको क्षामता अभिबृद्धिमा सुक्कु बजेट खर्च हुन नसकेको बताए । भने गुणस्तरीय शिक्षाका नारा घन्काएपनि, दुई वर्षमा कर्णाली साक्षर घोषणा गरेपनि सबै औपचारिकता मात्र हुने टिप्पणी गरे । आधारभुत तहका बालबालिका कस्तो पढ्न चाहान्छ, विद्यालयमा कसरी आउँछन्, विद्यालय बाहिर रहेका बालबालिका मुक्त समुदाय घोषणा गर्न बालमैत्रीक शिक्षण विधि किन आबश्यक छ भन्ने विषयमा सरकारी तहका नीतिहरु खाली औपचारितामा मात्रै सिमित रहेका छन् ।

८ दिने तालिम सकियो
जुम्लामा पठन सामाग्री निर्माणका लागि शिक्षक प्रशिक्षण तालिममा दुई चरणमा गरी सहभागि भएका झण्डै ५० जनाले सरकारी क्षेत्रबाट तालिम नपाएको गुनासो गरे । भने किर्डाकद्धारा संचालित शिक्षा परियोजनाले बालबालिका आर्कषण गर्न निकै ज्ञान प्रदान गरेको उल्लेख गरे । किर्डाकका जिल्ला संयोजक रेशम शाहिले राष्ट्यि प्रारम्भीक पढाई कार्यक्रम अन्तरर्गत सरकारले जुम्लामा संचालन नगरेपनि वल्र्डभिजन संग सहकारी गरी अघि बढेको बताए । दुईचरणमा संचालन भएको ८ दिने तालिम मंगलबार सकिएको छ ।

राष्ट्यि प्रारम्भीक पढाई कार्यक्रम नेपाल सरकारको कार्यक्रम हो । त्यस अन्तर्गत १ कक्षा देखि ३ कक्षा सम्मका बालबालिकालाई विद्यालयको पहुँच ल्याउन तथा पढाईका ६ सुचक पुरा गर्न कार्यक्रम भईरहेको शाहिको भनाई छ । भने, वल्डभजिनका शिक्षा विशषज्ञ विश्व घिमिरेले कर्णालीको शिक्षा प्रणाली सुधारमा राष्ट्यि प्रारम्भीक पढाई कार्यक्रमले महत्वपुर्ण भुुमिका खेल्ने बताए । शिक्षक विद्यार्थी, अभिभावक जागरुक भएरै नमुना विद्यालय बनाउन सकिने उनको तर्क छ । साथै परियोजना संयोजक दिपराज रावतका अनुसार सरकारकै कार्यक्रमलाई दातृनिकाय संग साझेदार गरी शिक्षामा काम गरिरहेको बताए ।

भने, भोलीका देश हाक्ने बालबालिकालाई अहिलेबाटै सृजनात्मक शिक्षा दिएर टिकाउ, विकाउ र सिकाउ जनशक्ति उत्पादन गर्ने लक्ष्य रहको परियोजना संयोजक रावतको भनाईछ । जुम्लाका तीन गाउँपालिकाका १५ विद्यालयमा लागु भएको शिक्षा परियोजना दुई वर्षको अवधिमा धेरै परिवर्तन ल्याएको सुन्दरमणि विद्यालयका शिक्षक कलेन्द्र बुढाले बताए ।

तालिमकै माध्यमबाट शिक्षकहरुको क्षामता अभिबृद्धि नमुना विद्यालय निर्माण जुटेको शिक्षा परियोजनाका तालिम संयोजक भरत बोहोराले बताए । उनले, अझै आगामी दिनमा स्थानीय सरकार संग सम्नवय गरी शैक्षिक क्षेत्रको विकासका लागि काम गरिने उल्लेख गरे ।

सागर परियार 

तपाईको प्रतिक्रिया