सम्पादकिय ः पार्टी कार्यालय जस्तै रुपाकोट स्कुल


जुम्ला । शैक्षिक क्षेत्रमा राजनीतिकरण भयो । राजनीतिकर्मीले विद्यालय क्षेत्रमा कब्जा जमाए । राजनीतिक स्वार्थले आम नागरिकको विश्वास माथि कुठराघात गरे, भन्ने तपाई हामीले सुनेका थियौ । कतै कतै शिक्षक नियुक्तीमा चरम राजनीति हुन्छ भन्ने पनि त सुनेका थियो । राजनीति गर्ने नेताले आम नागरिक समुदायको हितका लागि काम गर्छ ।

आफ्नो र पाटीको स्वार्थ भन्दा माथि उठेर काम गर्छु भनु सपथ खाएकाहरुले पनि यति निज देखिन्छ भन्ने कुरा जुम्ला हिमा गाउँपालिका ५ को रुपाकोट आधारभुत विद्यालयको घटनाले प्रस्ट देखाएको छ । २०७५ साल भदौ महिनाबाट रुपाकोटमा शुरु भएको राजनीतिको जुगा लडाईको असर अहिले सम्म यथावत छ ।

यथावत नहोस पनि कसरी एउटै नामको दुई विद्यालय सम्म स्थापना भएको छ । पहिला संगै खेल्ने, संगै विद्यालय जाने साथीहरु एक वर्ष भयो छुट्टै विद्यालयमा पढ्छन् । काँग्रेस अभिभावक भएका काँग्रेसको विद्यालय,र नेकपाका अभिभावक भएका विद्यार्थी नेकपाको विद्यालयमा पढ्छन् यो कति सम्मको निज र घृणित राजनीति हो । उपभोक्ता समितिको अध्यक्ष हुन पाईन, आफ्ना शिक्षक भर्ती गर्न पाईन, जस्ता सामान्य कुराले आम बालबालिकाको भविष्य माथि खेलवाड गर्नु राजनीतिक अपराध हो ।

आफ्नो पाटी कार्यालय जस्तो बनाएका छन् रुपाकोट आधारभुत विद्यालय । पहिला संगै पढेका खेलेका विद्यार्थीहरुलाई पनि संगै पढ्न दिएका छैनन् । अबोध बालबालिकालाई पनि राजनीति कार्यकर्ताको जस्तो गरी काँग्रेस र नेकपाको छुटाछुटै विद्यालयमा पढ्न बाध्य छन्् । पहिला रुपाकोट आधारभुत विद्यालयमा पढ्दै आएका विद्यार्थीहरु मध्य ६० जना अहिले गाउँभन्दा तीनघण्टाको विद्यालय हिडेर स्कुल जान बाध्य छन् । रुपाकोट विद्यालय छोडेर ६० जना बालबालिका बाहिर स्कुल जाउ साहेत ती नानी बाबुहरु नेकपा र काँग्रेस भित्र नपर्न सक्छन् होला ।

दुई ठुला पाटी जमेला भित्र ६० जना नानी बाबुका अभिभावक हरु पर्न पनि नचाहेर अन्तै पठाएका हुन् । नेपाली काँग्रेसका जिल्ला सभापति दिप बहादुर शाहि र हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाको गाउँ हो बाजागाड त्यहि छ रुपाकोट आधारभुत विद्यालय र त्यहि छ एकै गाउँमा नेकपा र काँग्रेसको छुटाछुटै विद्यालय सुन्दा कति आक्रोस पोख्न मन लाग्छ राजनीतिक स्वार्थका लागि सयौका नानीबाबुको भविष्य माथि गरेको खेलवाड देखेर ।

विद्यालयलाई फुटाउन राजनीतिकर्मीको हिसाबले नेतृत्व गर्नेलाई दुई पार्टीले स्पष्टीकरण माग्न सक्नु पर्दछ । कता पढाउने भनेर शिक्षक अन्यौल, छन् एकै विद्यालयमा पढ्ने बालबालिका दुईठाउँमा भिभाजित भएका छन् । शिक्षामा क्षेत्रमा गरिएको राजनीतिकरणले त्यहाँका राजनीतिकर्मीहरुको आगामी नेतृत्वमै प्रश्न खडा हुन्छ । विद्यालय जस्तो शान्ती क्षेत्रलाई त आफ्नो पाटी कार्यालय र विद्यार्थीलाई कार्यकर्ता बनाउनेले भोलीको दुर्गम बस्तीलाई कसरी हाक्न सक्छन् ।

तसर्थ यस्ता व्यक्तिलाई सामाजिक रुपमै बहिस्कार गर्नु पर्दछ । घृणित र पाटीगत स्वार्थको राजननितिलाई गर्ने थाहा होस जुटेकोलाई फुुटाउदाँ भोग्ने पिडा, सामाजिक बहिस्कार कस्तो हुन्छ भनेर । अहिले नेकपा पक्षधर विद्यालयमा अध्यनरत विद्यार्थी, इसिडि ३३ जना, कक्षा १ मा ७ जना, कक्षा २ मा ११ जना, कक्षा ३ मा ६ जना,कक्षा ४ मा ७ जना,कक्षा ५ मा ७ जना,कक्षा ६ मा २ जना, कक्षा ७ मा १२ जना, कक्षा ७ मा ६ जना छन् । भने, नेपाली काँग्रेस पक्षधर विद्यालयमा अध्ययनरत विद्यार्थी कक्षा १ मा १४ जना,कक्षा २ मा १२ जना, कक्षा ३ मा ८ जना,कक्षा ४ मा ६ केटी मात्रै,कक्षा ५ मा १३ जना,कक्षा ६ मा ७ जना,कक्षा ७ मा १५ जना,कक्षा ८ मा १५ जना मात्रै छन् ।

पहिला संगै पढेका साथीहरु संग पढ्न मन हुँदा दुबै पाटिले ति नानीबाबुलाई पाटीको कार्यकर्ता जस्तै गरी आफ्नै विद्यालयमा बस्न बाध्य बनाएको छ । यसलाई एक राष्ट्यि मुद्धाका रुपमा लिएर भोलीका दिनमा हुने शिक्षा क्षेत्रको राजनीतिकरणलाई अन्त्य गर्न सम्बन्धी पक्ष गम्भीर हुनै पर्दछ । हैन् भने आज एक रुपाकोट आधारभुत विद्यालय मात्र होईन त्यहाका सयौ मात्र नानीबाबु हैन् हजारौ लाखौका संख्यामा शैक्षि संस्था र बालबालिकाका राजनीतिक स्वार्थको भुमरीमा पर्न सक्दछन् । त्यसैले बेलैमा सचेत भएर यस्ता समस्या समधान तर्फ सरोकारवालाको ध्यान जान जरुरी हुन्छ ।

सागर परियार

तपाईको प्रतिक्रिया