
सागर परियार
जुम्लामा जनै पूर्णिमाको भोलिपल्ट अर्थात श्रावण शुक्ल प्रतिपदाका दिन देखी जुम्लामा जात्रा शुरु हुन्छ । कर्णाली कै लामो तथा ठुलो यो जात्रा कर्णाली कै एतिहासिक र सास्कृतिक जात्रा हो । लामो जात्राको पहिलो दिन गाईजात्रा प्रर्दशन गरिएको छ । विगतमा नेवार तथा क्षेत्रिहरुका घरबाट मात्रै निकालिने गाईजात्रा केहि वर्ष यतादेखि भने दलितको घरबाट पनि निकाल्ने गरिएको छ ।
अहिले जात्रामा जुम्लामा बसोबास ब्रहामण, क्षेत्री, बौद्ध धर्मावलम्बी र दलित समुदायको पनि सहभागिता हुन थालेको छ । सविंधानले नै नेपाललाई धर्मनिरपेक्ष राष्टको रुपमा परिभाषित गरेको छ । प्रत्येक नेपाली नागरिकलाई आफुले चाहेको धर्म मान्ने र अवलम्बन गर्न सविंधानले छुट दिएको छ । यस्तै धार्मिक तथा सास्कृतिक परम्परा रहेको कर्णालीमा पनि जाति विषेश संग जोडिएका पर्वमा पनि धार्मिक सहिसुणुता देखिन थालेको हो ।
तर समग्र कर्णालीको ऐतिहासिकता झल्काउने अवसरको रुपमा रहेको जात्राको यसवर्षको शुरुवात भने अलिक पृथक र फरक देखियो । यस वर्ष दुईवटा घरबाट गाईजात्रा निकालिएको छ । दलितको घर बाट गाईजात्रा निकाल्ने चलन २०७३ बाट शुरु भएको हो ।
दिवंगत भएका आफन्तहरुको सम्झना गर्दै उनीहरुको आत्माशान्त्तिको कामना गर्दै गाइजात्रा पर्व मनाइएको हो । भाद्र शुक्ल प्रतिपदाका दिन सुरु भइ भाद्र कृष्ण अष्टमि गरेर आठ दिनसम्म जात्रा संचालन हुने जात्रा समितिका अध्यक्ष रोशन श्रेष्ठले बताए । ृनका अनुसार पहिलो दिन गाईजात्रामा एक वर्षभित्र मृत्यु भएका आफ्ना परिवरका सदस्यहरुको सम्झनामा प्रतिकको रुपमा मानिसलाई गाईको रुपमा सृंगारेर वा गाईलाई नै नगर परिक्रमा गराउने चलन छ ।
नगरपरिक्रमा गर्दा श्रद्धालुहरुले गाईको पुच्छर समाइ वैतरणी नदी पार गरिने धार्मिक विश्वासका साथ फलफुल दही, चिउरा दान गर्ने चलन छ । लाखे जात्रा अवधीभर लाखे नाच पनि नाच्ने चलन छ । लिच्छविकालमा मल्ल राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई सान्त्वना दिन सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाउन मानिस मृत्यु भएको घरबाट गाईजात्रा निकाल्ने व्यवस्था मिलाई रानीलाई देखाएका थिए । त्यसपछि पनि रानीको मन शान्त हुन नसकेपछि हसाउने कार्यक्रम गरेको इतिहास छ । त्यसैलाई आधार मानेर गाईजात्रामा सामाजिक कुरिती, राजनीतिक विकृती र प्रशासनिक कमजोरीलाई लक्षित गरेर व्यङ्ग्यात्मक कार्यक्रमको आयोजना गर्ने गरिन्छ।