महेन्द्र शाही मुख्यमन्त्रि निश्चित भएको खबर पछि प्रदेशबासीको यस्तो आक्रोश !


कर्णाली पोष्ट जुम्ला ,

माओवादी केन्द्रबाट प्रदेश नम्बर ६ को मुख्यमन्त्री महेन्द्रबहादुर शाही बन्ने समाचार बाहिर आएपछि प्रदेशबासीहरुले सामाजिक सञ्जालमा आक्रोश पोख्न शुरु गरेका छन् । बुधबार दिउसोँ मात्रै मुख्यमन्त्रिका लागी महेन्द्र बहादुर शाही सर्वसम्मत चयन भईसकेको र भोली मात्र औपचारिक सार्वजनिक गरिने भन्ने समाचार आएपछि कयौँ प्रदेशबासीहरुले सामाजिक सञ्जाल मार्फत बिरोध पर्दशन गर्न थालेका छन् ।

यो पनी पढ्नुहोस, मुख्य मन्त्रि दावेदार भण्डारीले लेखे ‘कोठामा निर्णय भएकै हो भने सार्वजनिक गर्न हतार नगरौँ’

अहिले मुख्यमन्त्रि छान्ने सम्ममा मात्र कुरा नभएको र भोली प्रदेशको समृद्धि बिकास र उन्नतीको बिषयलाई नेतृत्व पक्षले गम्भिर भएर सोच्न सामाजिक सञ्जाल मार्फत प्रदेशबासीहरुले आग्रह गर्न थालेका छन् ।

तपाईको प्रतिक्रिया