सागर परियार,
जुम्लाका अधिंकाश ठाउँमा खानेपानीको समस्या सदियौ देखि छ । यहाँ स्रोतको अभावमा पानीको समस्या भएको होईन । स्रोत परिचालन गर्ने नेतृत्वको अभाव र पुर्वाधार विकास अभावमा खानेपानीको समस्या हुने गरेको छ । स्थानीय सरकार आईसकपछि जुम्लाका आठ स्थानीय तहका ६० वडाले शिक्षा, स्वास्थ्य, खानेपानी र सडकलाई प्रथामिकता दिएरै काम गरे, र बजेट पनि छुटाए ।
स्थानीय सरकारको आएको तीन वर्षको अन्तररालमा कति योजना सफल भए, कति गाउँमा खानेपानी पुग्यो त्यसको कुनै जानकारी छैन् । अधिंकाश स्थानीय तहले आफै योजना बनाउने र अनुगन गर्ने गरेका छन् । प्रथामिकताका आधारमा विकास निर्माण भए भएनन् भन्ने कुनै तथ्यांक छैन् । तर तातोपाननी गाउँपालिका वडा नं.३ लिताकोटमा भने, स्थानीय सरकार आएको तीन वर्षमै घरघरमा खानेपानी धारा पुगेको छ ।
लिताकोट बाईराँका बृहत्त खानेपानी योजनामा आव २०७५÷७६ मा ५१ लख बजेटमा खानेपानी धारा घरघरमा पुुगेका हुन् । एक घर एक धाराको अभियानका साथ घरघरमा धारा छड्काईएको छ । भने, विद्यालय भवन, चौतारा, पोल्टी फर्म, नदीको तटबन्धन निर्माण भएका छन् । भने, खानेपानी नभएर पिडामा रहेको बाईराँका गाउँमा खानेपानी पुराउन चालु आर्थिक वर्षमा भने ४० लाख बजेट छुटाइएको छ ।
अवको एक÷दुई वर्षमा बाइराँका गाउँमा पनि पानी पुराउने लक्ष्य रहेको ३ नम्बर वडाध्यक्ष डिल्ली बहादुर रावलले बताए । उनका अनुसार विकास निर्माण गर्ने सबालमा हुने कमीकमजोरीलाई सुधार गर्दै अगाडी बढ्ने समेत बताए । वडाको सार्वजानिक सुनुवाईका अबसरमा त्यहा केहि युवाहरुले लिताकोटमा निर्माण भएका भौतिक संरचनाहरु माथिको गुणस्तरमा प्रश्न उठाएका थिए ।
भने, केहि घरमा अझै पानी नपुगेको, भौतिक संरचना जीर्ण भएको भन्दै गुणस्तर बनाउन समेत माग गरे । ३ नम्बर वडाकै रातामाटा गाउँमा पानी नपुगेको भन्दै उपभोक्तालाई भन्दा वास्ता नगरेको युवा परिमल नेपालीले गुनासो गरे । यता खानेपानी उपभोक्ता समितिका सचिवले रातामाटामा एक हप्ता भित्रमा पानी पुराईने प्रतिबद्धता गरे । भने पाईप फुटेको विद्यालय भवन जीर्ण भएको लगायत विकास निर्माण गुणस्तरका विषयमा ३ नम्बर वडाका सव ईन्जिनियर कृष्णहरि अधिकारीले विकास निर्माण गर्ने क्रममा कमजोरी हुने र भएका कमजोरीलाई सुधार गर्दै अघि बढ्ने बताएका थिए ।
विकास गुणस्तर गर्न युवाहरुको सुझाब
यहाँका अधिंकाश स्थानीय तहले सार्वजानिक सुनुवाई गरेका छैनन् । सरकारका गतिविधिको जानकारी आम नागरिकले पाउने अधिकारको सुनिश्चिता भएको छैन् । तर तातोपानी गाउँपालिका ३ नम्बर वडाले गरेको पहिलो सार्वजानिक सुनुवाई कार्यक्रममा युवा जनक रावल सहितको टिमले गाउँमा भौतिक विकास निर्माण भएको, तर ती संरचनाको गुणस्तरीयतामा सम्बन्धीत वडाको ध्यान नगएको आरोप लगाए ।
\योजना विना गुणस्तर भुक्तानीका लागि सिफारिस गरेको भन्दै सव ईन्जिनियरलाई प्रश्न गरे । सव ईन्जिनियर अधिकारीले भने भुक्तानी पछि भत्कीएको, जिम्मा आफुले नलिने बताए । भने उपभोक्ता समितिले योजना सुधार गर्नु पर्छ । तर बनेका योजना नभत्कीने भन्ने हुदैन् । विकास निर्माणमा युवालाई पनि संससंगै लिएर वडाको विकासलाई थप प्रभावकारी बनाउनुु पर्ने युवाहरुको जोड थियो ।
गाउँमा निर्माण भएका खानेपानी, विद्यालय भवन, चौतारा, बाटो सडक सबैको दिगोपन, गुणस्तरमा ख्याल समेत सुझाब दिएका छन् । सार्वजानिक सुनुवाईमा प्रस्तुत भएका योजनाहरु निर्माण भएपनि गुणस्तरमा ध्यान नदिएको समेत बताएका थिए । यता वडाध्यक्ष्म डिल्ली रावलले युवाहरुको सुझाबलाई मध्य नजर गर्दै अबको विकास युवा संगको हातेमालो गरेर हुने बताए ।
सार्वजानिक सुनुवाईको पहिलो अनुभव हो, आगामी दिनमा सबैका सुझाबलाई ग्रहणगरी अघि बढ्ने समेत बताए । भएका विकास निर्माणका बारेमा कहिले कुरा नउठाउने, कहि कमजोरी भएका ठाउँमा सुधार गर्छौ भन्दा पनि नियतबस विरोध गर्ने प्रबृतिको अन्त्य नभए सम्म गाउँको विकास नहुने समेत उनले बताए ।
वडाका सव ईन्जिनियर कृष्णहरि अधिकारीका अनुसार विकास निर्माण कुनै क्रुटि नभएको तर जीर्ण संरचनालाई उपभोक्ता समितिले सुधार गर्नुपर्ने बताए । साउन १० गते ३ नम्बर वडाको आयोजना आम नागरिकको सहभागितामा गत आवका योजनाहरुको सार्वजानिक सुनुवाई गरिएको हो ।