नेपाल सामु नामिबियाको १३९ रनको लक्ष्य, सन्दिपले लिए ४ विकेट


काठमाडौँ, आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत नामिबियाले नेपाल सामु १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । नामिबियाको एफिज पार्कमा भएको खेलमा नेपालले टस जितेर नामिबियालाई ब्याटिङको निम्तो दिएको थियो ।

पहिलो ओभरबाटै नामिबियालाई दबाबमा राखेको नेपालले ३४.२ ओभरमा १३८ रन बनाउँदा अलआउट बनाउन सफल भएको हो ।

नेपालका सन्दिप लामिछाने एक्लैले चार विकेट लिए भने सोमपाल कामीले ३ विकेट, बसन्त रेग्मी, पारस खड्का र शरद भेषवाकरले १र१ विकेट आफ्नो नाममा लेखाए ।

नामिबियाका लागि क्रेज विलियम्सले सर्वा्धिक ४१ रन बनाएका थिए ।

तपाईको प्रतिक्रिया