
जुम्ला । पछिल्लो समय कर्णालीकै प्रसिद्ध धार्मिक पर्यटन स्थल चन्दननाथ भैरवनाथ मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको पनि घुइँचो लाग्ने गरेको छ । कर्णाली सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ घोषणा गरेसँगै राराताल घुमेर चन्दननाथ मन्दिरको दर्शन गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरू बढ्दै गएका हुन । नेपालमै दोस्रो ठुलो डुडुल चैत्य निर्माण भएपछि पनि पर्यटकहरुको आगमन बढेको हो । प्रत्यक शनिवार सयौको संख्यामा आन्तरिक पर्यटक स्तुपामा हुन्छन् .
जसमा रारा कर्णाली पर्यटन वर्ष २०७५ घोषणा पछि गत आवको तथ्यांक अनुसार २० हजार पर्यटकले चन्दनाथ मन्दिरको अवलोकन गरेका छन् । त्यसमा बढि विदेशी रहेका छन् । चन्दननाथको एतिहास बारे बुझ्ने, थेसिस गर्ने लगायत कारण विदेशीहरुले बढि चन्दननाथमा अवलोकन गरेको छन् । चन्दननाथ गुठी समितिको तथ्यांक अनुसार २० हजार मध्य १२ हजार बढि पर्र्यटक बाह्य रहेका छन् ।
भने ८ हजार मात्रै कर्णाली प्रदेश भित्र लगायतका ठाउँ बाट आउने गरेको चन्दननाथ गुठि व्यवस्थापन समितिले बताएको छ । भने दैनिक कम्तीमा पनि डेढ सय आन्तरिक तथा बाह्य पर्यटक अवलोकन गर्न आईरहेका छन् । पछिल्लो समय प्रशासनले कडाई गरेपछि मन्दिरमा आउने पर्यटकको रेर्कड राख्ने गरेका छौ चन्दननाथ गुठी खरिदार रत्नप्रसाद आचार्यले भने, मन्दिरको अवलोकन संगै ऐतिहासिक महत्व बुझ्ने गरेका छन् ।
१४ सय वर्ष पुरानो ऐतिहासिक मन्दिर तथा जुम्लाको मनोरम दृष्य अवलोकन गर्न पर्यटक रमाउँ गरेका हुन । अधिंकाशले मन्दिरको एतिहास बारे बुझ्ने चाहाने भएकोले संस्कृत विद रमानन्द आर्चायलाई समेत दैनिक मन्दिरमा जवाफ दिने व्यवस्था समेत गरिएको छ ।
चन्दननाथ मन्दिरको इतिहास जुम्लामै पहिलो कालीमार्सी धान फल्ने (गुरु फोक्टो),विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने छुमचौर हुदै दैलेखको महावै जगन्नाथ सम्मको एतिहास संग जोडिएकोले पनि चन्दननाथमा पर्यटहरुको आगमन बढेको हो । दैलेखको महावै जगन्नाथबाट ल्याएको दियो वर्षभरी बलिरहन्छन् । प्रत्यक वर्ष साउन शुक्ल प्रतिपदाका दिन दैलेख जाने र त्यहाबाट नयाँ दियो ल्याउने चलन छ ।
४३ लाख राजश्व संकलन
प्छिल्लो समय पर्यटकहरुको आगमनको बढे संगै राजश्व संकलनमा बृद्धि हुदै गएको छ । सचिव आर्चायले भने, गत आवमा मात्रै ४३ लाख ७७ हजार ४ सय ४६ रुपैयाँ संकलन भएको छ । राजस्व संकलन तथा मन्दिरको व्यवस्थापनलाई मजबुत बनाएर अघि बढ्ने सोचमा समिति छ । जसमा ४२ लाख ६८ हजार २ सय रुपैँया खर्च भइसकेको छ ।
भने ४ लाख ६० हजार ४ सय रुपैयाँ बैंक मौज्दात रहेको चन्दननाथ भैरवनाथ मन्दिर जुम्लाले जनाएको छ । दुईवर्ष पहिले ३९ लाख १७ हजार १४ रुपैँया राजश्व संकलन भएको थियो । तर पछिल्लो समय पर्यटक बढेपछि राजश्व पनि बढेको हो । मन्दिरमा एतिहास कुरालाई सहजै बुझन सकिने प्रचा पम्पपलेट राखिने भएको छ ।
सागर परियार