बहुविवाह आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ


प्युठान : बहुविवाह गरेको उजुरी परेपछि गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गिरीकी श्रीमती सिता केसीले १० भदौमा जिल्ला प्रहरी कार्यालयमा गिरीले बहुविवाहको उजुरी दिएकी थिइन् ।
जाहेरी परेपछि फरार रहेका गिरी आइतबार प्रहरीको सम्पर्कमा आएका थिए । प्रहरी प्रमुख डिएसपी नरेन्द्रकुमार कार्कीले गिरीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए ।
केसीसँग २०५७ सालमा प्रेम बिवाह गरेका गिरी केही समयदेखि छुट्टै बस्दै आएका थिए । अध्यक्ष गिरीले दोस्रो विवाह नगरेको दावी गरेका छन् । उनले प्रहरीको अनुन्धानमा सहयोग गर्ने बताए ।

तपाईको प्रतिक्रिया