खराब मौसमका कारण डोल्पाका लागि उडेको हेलिकप्टर दैलेखमा आकस्मिक अवतरण

सुर्खेतबाट डोल्पाका लागि उडेको माउन्टेन एयरको नाइन एन–ए एलडी हेलिकप्टर खराव मौसम भएपछि दैलेखको बारुदथानमा सोमबार आकस्मिक अवतरण गरिएको छ ।

बिहान हुम्लाबाट सुर्खेत पुगि इन्धन भरेर डोल्पा जान लागेको हेलिकप्टर खराब मौसमका कारण दैलेखमा आकस्मिक अवतरण गरेको प्रहरीले जनाएको छ ।

बिहान साढे ७ बजे दैलेखको बारुदथानको खुल्ला चौरमा आकस्मिक अवतरण गरेको हेलिकप्टर ढेड घण्टापछि पुनः उडान भएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । हेलिकप्टरमा चालक दलका तीन जना सदस्य मात्र रहेका थिए । दैलेखमा सोमबार बिहानैदेखि लगातार बर्षा भैरहेको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस