नेवा किचन कर्नरमा भिषण आगलागी

सागर परियार
जुम्लामा भिषण आगलागी हुँदा लाखौको क्षेति भएको छ । शनिवार विहान ११ बजे सोलारको व्यट्रि पट्कीदा चन्दननाथ नगरपालिका ६ का नरबहादुर श्रेष्ठको घरमा आगाली भएको हो । आगलागीबाट मानवीय क्षेती भएको छैन् । भने, लाखौको बराबरको धनमाल जलेर नष्ट भएको छ ।

नेवा किचन कर्नर होटल समेत संञ्चालन भएको घरमा एक्कासी भएको आगलागीले नरबहादुर श्रेष्ठको परिवारलाई घर विहिन बनाएको छ ।
भने समयै चन्दननाथ नगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी सयौ स्थानीयको सहभागितामा आगालागी नियन्त्रण जारी रहेको छ । प्रत्यक्ष दर्शीहरुका अनुसार पहिला के पट्कीएको आवाज आएको र पछि सिधै आगलागी भएको बताउँछन् । यता डिएसपी सिताराम रिजालकका अनुसार के कति कारणले आगाली भएको भन्ने कुरा खुलेको छैन् ।

भने, आगलागी नियन्त्रण कार्य जारी रहेकोले कति क्षेती भयो भन्ने एकिन विवरण आउन बाँकी रहेको उनको भनाई छ । आगलागकीबाट भएको क्षेतिलाई हेर्दा सोलार भन्दा सिलीण्डर पट्कीएको हुन सक्ने प्रहरीको अनुमान छ । सुन, नगद पैसा, लत्ता कपडा, भाडा कुडा लगायत अन्य सामाग्री जलेर पुर्णरुपमा नष्ट भएका छन् । आगालागी नियन्त्रण जारी रहेकोले पुर्ण विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस