यूवा संघद्धारा प्रतिष्ठानलाई ध्यानाकर्षण

जुम्ला : राष्ट्रिय यूवा संघ नेपालले प्रशासनिक तथा व्यवस्थापकीय कमजोरी भएको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई ध्यानाकर्षण गराएको छ ।
राष्ट्रिय यूवा संघ नेपाल जुम्लाका संयोजक अमरबहादुर रोकायाको यूवाको टोलीले प्रतिष्ठानले प्रशासनिक व्यवस्थापकीय कमजोरी सच्याउन ध्यानाकर्षण गरेको हो । अध्यक्ष रोकायाको हस्ताक्षरित विज्ञप्तिमा प्रशासनिक व्यवस्थापनको कमजोरीका कारण अस्पाताल भित्र उपचार गर्न आउने बिरामीहरूको अवस्थामा गरिएको व्यवहार संतोषजनक नरहेको, नेपाल सरकारले २ पटकसम्म लिखित निर्देशन दिदासम्म पनि काठमाण्डौमै सम्पर्क कार्यालय संचालन गरी यो परियोजनाको आर्थिक व्ययभार थपि सरकारको निर्देशनलाई अवज्ञा गरिएको, एम.बि.बि.एस र एम.डि.जि.पि कार्यक्रम जुम्लामा संचालन गरिने पनि सो परियोजनाका पदाधिकारीहरुले वजारीया हल्ला गरिएता पनि अन्तत कार्यक्रम ल्याउन असफल भएको, राजनितिक आस्थाका आधारमा पदाधिकारी लगायत कर्मचारी नियूतिmमा आफ्नो मनोमानि ढंगले नियूतिm दिईएको छ ।.
रेक्टर नियूतिmको सवालमा उपकुलपतिले मनोमानि नितान्त राजनितिक आस्थाका आधारमा आफ्नो नजिकको व्यक्ति नियूक्त गरिएको बिषयमा ध्यानाकर्षण गरेको हो ।
ज्ञापन पत्र बुझ्दै उपकुलपति राजेन्द्रराज वाग्लेले प्रतिष्ठानको साझा सवालमा एकमत भएर जानुपर्ने र प्रतिष्ठानले केही कमजोरी भएमा सुधार्ने बताए । यसैगरी प्रतिष्ठानको एमडिजिपी कक्षा संचालन गर्ने बिषयमा जिल्लाका राजनैतिकदलहरु र सरोकारवालाहरुसँग छलफल भएको छ । दलहरुले एकमत भएर प्रतिष्ठानको विकासमा अगाडि बढ्ने छलफल भएको रजिष्ट्रार विश्वराज काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस