पत्रकार तथा मानवअधिकारकर्मी रावल सम्मानित

जुम्ला ः २८ औँ अपाङ्गता दिवसको अवसरमा पत्रकार तथा मानवअधिकारकर्मी मानदत्त रावल सम्मानित भएका छन् । अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका विषयमा पत्रकारिता मार्फत उजागर गरेका भन्दै रावललाई सम्मान गरिएको हो । त्यसैगरी तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेलाई पनि सम्मान गरिएको छ ।

अध्यक्ष न्यौपानेले अपाङ्गता भएका व्यक्तिहरुका मर्मलाई बुझेर स्थानीय तहमा दिवस मनाउने अवसर जुटाएकाले सम्मान गरिएको हो । सम्मानित दुवै जनालाई प्रमाणपत्र सहित ढाका टोपी लगाएर सम्मान गरिएको हो । दिगो विकासको लक्ष्य, अपाङ्गमैत्री भविश्य भन्ने मूल नारासहित अपाङ्ग पुर्नस्थापना तथा विकास केन्द्र जुम्लाको आयोजना तथा तातोपानी गाउँपालिकाको सहयोगमा संघीतापछि गाउँपालिका स्तरमा पहिलो पटक लिताकोटमा अपाङता दिवस मनाएको हो ।
अपाङता व्यक्तिहरुका हकहितका विषयमा पत्रकारिता मार्फत कलम चलाएर राज्यलाई जवाफदेही बनाएको भन्दै नयाँ पत्रिकाकर्मी रावललाई सम्मान गरिएको अपाङ्ग पुर्नस्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धितालले बताए । उनले भने उहाँले अझैँ यस क्षेत्रमा उत्प्रेरित गर्नका लागि पनि सम्मान गरिएको हो । संघीयताको मर्मत अनुसार अपाङ्गता दिवस पहिलो पटक तातोपानी गाउँपालिकाको समन्वयमा पालिका स्तरमा मनाएको हो । उनले भने राज्यको स्वरुप बदलिए पनि अझै अपाङ्ग भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण परिर्वतन भएको छैन । कागजी रुपमा राज्यले अपाङ्ग भएका व्यक्तिहरुको हकहित र अधिकार स्थापित गर्नका लागि ऐन कानुन बनाए पनि कार्यन्वय पक्ष भने फितलो रहेको छ ।
तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भने अपाङ्गता भएका व्यक्ति पनि राज्यका एक अभिन्न अंग हुन् । उनीहरुलाई सम्मानका साथ कानुनले दिएका अधिकार कार्यन्वयन गर्न पक्षमा उनले प्रतिबद्धता गरे । अपाङ्गता भएका व्यक्तिहरुका सामाजिक सुरक्षा भत्ता देखि उनीहरुले पाउने सुविधालाई स्थानीय सरकारले निश्पक्ष ढंगमा वितरण बैकिङ्ग प्रणालीबाट उपलव्ध गराउदै आएका उनले बताए । अपाङ्गमैत्री भौतिक संरचना नभएका कारण उनीहरु समस्यामा छन् उनले भने अव स्थानीय सरकारले निर्माण गर्ने भौतिक संरचना अनिवार्य रुपमा अपाङ्गमैत्री बनाइने छ ।
२८ औँ अपाङ्ग दिवसको अवसरमा तातोपानी गाउँपालिका उपाध्यक्ष गंगादेवि उपाध्याय, पत्रकार महासंघका केन्द्रीय सदस्य पुर्णप्रसाद न्यौपाने, पत्रकार महासंघ शाखा जुम्लाका उपाध्यक्ष तथा अपाङ्ग महासंघका केन्द्रीय पूव सदस्य नेत्रबहादुर शाही, कर्णाली नेत्रहिन संघका अध्यक्ष धनप्रसाद न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस