जुम्ला ः करिब पौने २ करोड बराबरको जलेर नष्ट भएको घरको राहतका लागि आगलागी पीडितले अपिल गरेका छन् । चन्दननाथ नगरपालिका – २ कालेखोलीमा ८ मङ्सिर गोविन्द भण्डारीको आगलागीवाट जलेर चार तले घर नष्ट भएको थियो । घरको बीमा समेत नभएका कारण धेरै ठूलो क्षति व्यहोरेकाले अहिले घरधनी भण्डारी राहत माग्दै सरोकारवाला निकायवालासँग अपिल गरेका छन् । भण्डारीको घरको ठूलो क्षति भएको भन्दै लाईन्स क्लव जुम्लाले ४० हजार रकम प्रदान गरेको छ । क्लवले चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालको रोहवरमा प्रदान गरिएको अध्यक्ष गणेश रोकायाले जानकारी दिए । उनका अनुसार धेरैनै क्षति भएपछि सानो सहयोग प्रदान गरिएको हो ।
यसैगरी चन्दननाथ नगरपालिकाले ६० हजार रुपैया राहत उपलब्ध गराएको छ । गत मंसिर ८ गते जलेर नष्ट भएको घर जिल्ला प्रहरी कार्यालयको मुलुल्का अनसार एक करोड ७३ लाख ३० हजार ५ सय रुपैयाको धनमाल, घर तथा भौतिक पूर्वाधार क्षति भएको छ । भण्डारीको नगद २ लाख ५० हजार रुपैया, गरगहना ६ लाख ६ हजार सहित विभिन्न सामग्री र घरको समेत क्षति भएको थियो । यति ठूलो क्षति हुदा पनि सरकारी निकायवाट राहतको प्रथामिकतामा नपर्दा भने अहिले राहत संकलन अभयिान सुरु गरिएको छ । आधिकारिक ट्रेड यूनियन जुम्लाले २० हजार सहयोग गरेको अध्यक्ष खडानन्द चौलागाईले बताए ।
राहतका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पुगेका भण्डारीलाई प्रतिष्ठानले व्यक्तिगत रुपमा राहत प्रदान गर्न अभियान थालिएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । प्रतिष्ठानमा २ सय ७३ कर्मचारी छन् । यसैगरी व्यक्तिगत रुपमा पहल गर्न समेत अपिल गरिएको घरधनी भण्डारीले आग्रह गरेका छन् । उनले प्रदेश सरकारलाई समेत राहतको लागि आव्हान गरिएको तर प्रतिक्रिया नआएको उनले बताए । जुम्लामा कार्तिक मङ्सिर महिना ४ वटा आगलागीका घटना भएका थिए ।
त्यो मध्ये सवै भन्दा बढि क्षति र बीमा समेत नभएकाले करोडौँको घरसहितको सम्पति नष्ट भएकाले सहयोगी निकायलाई अपिल गर्दै अहिले भण्डारी हिडेका छन् । राहतको लागि भने स्थानीय बिपद् व्यवस्थापन समितिले बढि जिम्मेवारी लिएको जिल्ला प्रशासन कार्यालयले बताएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठका अनुसार जिल्ला प्रशासनले आर्थिक अभावले राहत दिन सकेको छैन् । भण्डारीको क्षतिमा मलम लगाउन अभियान तीब्र पार्नुपर्ने जागौ कर्णालीका कार्यरत यूवा गोविन्द सुनारले बताए ।