विपन्न परिवारमा पुगेन जनता आवास कार्यक्रम-ऋणकै भरमा निर्माण हुदै जनता आवासका घर


सागर परियार कर्णाली पोष्ट दैनिक जुम्ला,
नेपाल सरकारको अनुदान सहयोग तथा भवन डिभिजन कार्यालयद्धारा संचालित जनता आवास कार्यक्रम विपन्न वर्गमा पुग्न नसेको स्थानीयको गुनासो रहेको छ । जुम्ला सहित कर्णालीका पाँच जिल्लामा जनता आवास कार्यक्रम संचालित छ । दलित समुदायका विपन्न वर्गको राहतका लागि जनता आवास कार्यक्रम सम्पन्न र पहुचवालाको पोल्टामा परेको जनगुनासो रहेको छ ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले जनता आवास कार्यक्रमको मर्म र नीति निर्देशिका अनुसार कार्यक्रम संचालन नभएको टिप्पणी गरे । कार्यक्रमको मर्म भनेको विपन्न दलित, जसको घर बनाउने जग्गा छ तर पैसा भने त्यसलाई सहयोग पुगोस भन्ने उद्देश्यले नेपाल सरकारले जनता आवास कार्यक्रम संचालन गरेको हो तर त्यस हुन नसकेको जनगुनासो रहेको उनले बताए । यस जनता आवास कार्यक्रममा राजनीतिक गन्ध मिसिएको आभास भएको उनले थपे ।

तिला गाँउपालिका १ रारागाँउमा जसको घर नै छैन त्यो विपन्न दलितलले जनता आवास प्राप्त गर्न सकेको छैनन् तर जसको पक्की घर छ उसले नै नेपाल सरकारको जनता आवास कार्यक्रम मार्फत घर निर्माण गरेका छन् । तिला गाँउपालिका १ रारा गाँउका ३३ जना दलितले जनता आवासको घर निर्माण पाएका छन् तर पाएका मध्ये अधिकाशं २ तल्ले घर भएकाले जनता आवास कार्यक्रम पाएको स्थानीयले बताएका छन् ।

रारागाँउका स्थानीय आउसे परियारले जनता आवास कार्यक्रमका लागि नेपाल सरकारले मागेको प्रमाण पेस गरेको बताइन् तर जनता आवास कार्यक्रम उनले नपाएको गुनासो गरिन् । उनले घर २०७२ वैशाख १२ गतेको भुकम्पमा घर भत्किए पछि अहिले घर विहिन भएको बताईन् । सरकारले जनता आवासको कार्यक्रम संचालन गरेपनि आफुलाई राहत नभएको उनले बताईन् ।
रारागाँउका स्थानीय विरबहादुर नेपालीले जसको नयाँ घर छ, उसैलाई नै भत्काएर नयाँ बनाउन दिएको छ, तर जसको घर नै छैन त्यसले कार्यक्रम नपाएको बताए । जनता आवास कार्यक्रम स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा जितेकाले प्राप्त गरेको वीर बहादुरले भने ।  घर निर्माणका लागि पहिलो किस्ता पनि आएन
जनता आवास कार्यक्रम अन्र्तत घर निर्माणका लागि कार्यलयले पाँच किस्ता गरी भुक्तानी दिने भने पनि अहिले सम्म पहिलो किस्ता पनि पाएका छैनन् ।

घर निर्माणका लागि जग उठाएपछि पहिलो किस्ता भुक्तानी गर्ने भने घर निर्माण हुन थाली सकेयो अहिलेसम्म पहिलो किस्ता पनि नपाएको तातोपानी गाउँपालिका ३ लिताकोटका हर्क सार्कीले बताए । उनले भने अहिले ऋण सापट गरी खर्च चलाएका छौँ पछि भुक्तानी आएपछि सरसापट फिर्ता गर्ने आशा छ । विपन्न व्यक्तिहरुका लागि आएका कार्यक्रम सम्पन्न व्यक्तिको पोल्टा पर्ने गरेको भन्दै उनले दुःख व्यक्त गरे ।

कार्यक्रमको नीति निर्देशिका अनुसार संचालन भएको दावी  विपन्न दलित समुदायका लागि नेपाल सरकारले संचालन गरेको जनता आवास कार्यक्रम नीति निर्देशिका भित्र रहेको संचालन गरिएको शहरी तथा भवन डिभिजन कार्यालय जुम्लाका सव इन्जिनियर चन्द्रबहादुर खड्कीले दावी गरे । उनले भने सरकारी मापदण्ड छ सोही अनुसार कार्यक्रम संचालन गरेका छौँ ।

नेपाल सरकारले विपन्न दलित समुदायका लागि जनता आवासको कार्यक्रम २ वटा कोठा भएको एक तलाको घर निर्माणका लागि घर निर्माण गर्नेलाई २ लाख ६७ हजार सहयोग गर्ने नीति रहेको उनले बताए ।  जुम्ला तत्कालिन गाविस ः नराकोट २१ जना, तातोपानी २० जना, पाण्डपगुफा ४१ जना, बड्की ३५ जना, रारालिहि ३३ जना, पातारासी ३३ जना र चन्दननाथ नगरपालिकाका २१२ जना विपन्न दलितले जनता आवासको सुविधा पाएको शहरी विकास तथा भवन डिभिजन कार्यालय, जुम्ला सब इन्जिनियर खड्काले बताए । पाँच बर्षे जनता आवास कार्यक्रमका लागि २ कोठे १ तलाको भवनमा जस्ताको छानो हुनुपने, जिल्ला समन्वय समितिले छनौट गरेको काममा २ सय १० जना दलितले घर निर्माण गर्न थालेका छन् भने २ सय ३५ जनाको घर निर्माण हुन बाकी रहेको सब इन्जिनियर खड्काले बताए ।

तपाईको प्रतिक्रिया