कर्णालीमा भ्रमण वर्ष लक्षित होटल व्यवसायमा बढ्दै लगानी

सागर परियार,जुम्ला ।

प्रदेश सरकारले २०७५ लाई रारा पर्यटन वर्ष घोषणा गरे संगै कर्णालीमा होटल व्यवसायमा लगानी बढ्दै गएको छ । रारा पर्यटन वर्ष घोषणा भएता, होटल व्यवसायीको आम्दानी पनि राम्रो हुन थालेको हो । रारा पर्यटन वर्षपछि संघिय सरकारले तय गरेको भ्रमण वर्ष २०२० लाई लक्षित गरेर हाल होटल व्यवसायमा लगानी गर्ने क्रम बढ्दै गएको छ।

प्रदेशाजधानी पछिको दोस्रो पर्यटकिय शहरका रुपमा हेरिएको जुम्लामा एक वर्षकै अवधिमा दर्जनौ होटल थपिएका छन् । जसमा सदरमुकाम देखि ११ किलोमिटर टाढा तातोपानी पर्यटन क्षेत्रमा करिब ७ करोडको लगानीमा सत्कार होटल खोलिएको छ । त्यस्तै ५ करोड लगानीमा रिवर साईट होटल संचालनमा आएको छ । त्यस्तै करिब १५ करोड बढिको लागतमा संचालन आएको जुम्लाको एकमात्र टुरिजम होटल कान्जिरोवा होटल थप लगानि गरि पर्यटक मैत्री बनाएको होटल व्यवसायी नुर्वु तामाङले बताए ।

होटलको व्यवस्थापन कार्य चलिरहेको सत्कार होटलका मालिका तेजेन्द्र रावलले बताए । उनका अनुसार तातोपानीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित सुविधा सम्पन्न होटल निर्माण तयारी अन्तिम चरणमा पुगेको छ । भने, अर्गानिक खाना, याटेच बाथरुप भएको कोठा सहितको व्यवस्थामा होटल सत्कार जुटेको छ । ग्रामिण क्षेत्रको एक मात्र सुविधा सम्पन्न तालिम हल भएको चिसो तातो पानीको समेत व्यवस्था गरिने मालिक रावलले उल्लेख गरे ।

नयाँ निर्माण गरिएको होटलले भ्रमण वर्षलाई लक्षित गरी सेवासुविधलाई चाडै बढाउने उनको भनाई छ । साथै, होटल रिवर साईट पनि भ्रमण वर्ष लक्षित सेवा सुविधा दिने तयारी भएको मालिक राजु केसीले बताए । यता ४० करोड भन्दा बढिको लागमा संचालनमा आएको होटल हान्जिरोवा पनि भ्रमण वर्ष लक्षित व्यवस्थापन गर्न लगानी बढाएको व्यवसायी नुर्वु लामाले बताए ।

भने कर्णाली होटल व्यवासय भविष्य देख्दै पौवा होटलको १५ औ शाखा पनि जुम्लामा छ । भने करोडौ लगानीमा जुम्लाको दौतरी होटल एक शाखा पुरानो बसपार्कमा संचालन गरिएको होटल व्यवसायि पदम महतले बताए । विगत केहि वर्ष पहिला देखि संचालनमा आएका, मानसरोवर,सुन्दरारा कर्णाली,श्रेष्ठ होटल,सिर्दाथ,अम्मर सन्देश,ग्रिनल्याण्ड, स्टार लगायत दर्जनौ होटलमा लगानी बढाएर सुविधा सम्पन्न बनाएको छ । भने, मुगु, डोल्पामा पनि करोडौका लगानी रिर्सोट तथा होटल बन्दै छन् ।

सुर्खेतमै १४ सय ४३ होटेल
पछिल्लो सुर्खेतमा साना–ठूला गरी एक हजार चार सय ४३ वटा होटल तथा रेष्टुरेन्टहरू सञ्चालनमा छन् । श्रेणी क्रममा रूपमा ती मध्येस्तरीय होटल–रेष्टुरेन्टहरूको संख्या एकदमै न्यून छ । होटल व्यवसायी महासंघ सुर्खेतमा आवद्धमध्ये नौं वटा होटल–रेष्टुरेन्टलाई स्तरीयता रूपमा वर्गीकरणमा परेका छन् ।

जसमध्ये होटल भ्याली भ्यु, नमस्ते नेपाल, जियाना रेष्टुरेन्ट, शुभ होटल, बुलबुले भ्यु होटल, होटल ए।याम प्लाजा, चकटी लाउन्ज र सिद्वार्थ शनी रिसोर्ट (क) श्रेणीमा छन् । यसैगरी ५६ वटा होटल तथा रेष्टुरेन्ट (ख) श्रेणीका छन् । जसमध्ये सम्राट गेष्ट हाउस, पुरानो माछापुच्छ्रे होटल, दर्शन होटल रेष्टुरेन्ट एण्ड लज लगायतका छन् । बाँकी एक हजार तीन सय ७९ वटा होटल तथा रेष्टुरेन्ट ‘ग’ वर्गमा पर्ने होटल व्यवसायी महासंघ सुर्खेतले जनाएको छ ।

वीरेन्द्रनगरलाई कर्णाली प्रदेशको राजधानी घोषणा गरिएपछि पर्यटकलाई लक्षित गर्दै सुविधासम्पन्न होटल खुल्ने क्रम बढेको छ । करोडौंका लागतमा पर्यटक र अर्गानिक खानालाई प्राथमिकता दिएर सुविधासम्पन्न होटल खुल्ने क्रम बढेको हो । कर्णाली प्रदेशअन्तरगत पर्ने मुलुकको सबैभन्दा ठूलो ताल मुगुको रारा, गहिरो ताल डोल्पाको से–फोक्सुण्डो, दोस्रो लुम्विनीको रूपमा परिचित सुर्खेतको काँक्रेविहार, खस भाषाको उत्पत्तिस्थल जुम्लाको सिंजा, पञ्चकोशीजस्ता महत्वपूर्ण पर्यटकीयस्थल र तिर्थस्थल कैलास मानसरोवरको गेट–वे समेत यही प्रदेश भएकाले बढ्दै गएका आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर सुर्खेत पछिल्ला केही वर्षयता होटल व्यवसायको आकर्षण क्षेत्र बन्दै गएको हो ।

देशका विभिन्न जिल्लाहरुमा लामो समयदेखि हस्पिटालिटी व्यवसाय सञ्चालन गर्दै आएको सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले आफ्नो १२औं शाखाका रुपमा २०७२ वैशाख ३१ गतेदेखि आफ्नो होटल सिद्धार्थ सुर्खेतबाट सेवा प्रारम्भ गर्यो । तत्कालीन समयमा १६ करोडको लगानी रहेको शनी रिसोर्टमा ५ करोड लगानी थप गरेर २१ करोडको लागतमा सिद्धार्थले आफ्नो सेवा सूचारु भयो ।

कर्णालीमा आउने पर्यटकलाई आफ्ना लक्षित ग्राहक मान्दै २२ कठ्ठा क्षेत्रफलमा ६० वटा डिलक्स कोठासहित, रेष्टुरेन्ट बार, सेमिनार हल, पार्किङ, विवाह मण्डप, पार्लर, लिफ्टलगायतका सुविधा भूकम्प प्रतिरोधी र अपांगमैत्री संरचनाबाट शुभ होटले आफ्नो सेवा प्रवाह गरिरहेको छ ।
सुर्खेतमा उपयुक्त पर्यटन र व्यावसायिक वातावरण देखेर होटल क्षेत्रका व्यवसायीहरूले पछिल्लो समय धमाधम होटल खोल्न थालेका हुन् । नयाँ संविधानअनुसार देश संघीयतामा गएसँगै कर्णाली छुट्टै प्रदेश बनेसँगै प्रदेशका हरेक सरकारी तथा गैरसरकारी संरचनाहरू सुर्खेत केन्द्रित भएकाले पनि सुर्खेतमा होटलको लगानीमा वृद्धि भएको हो ।

सामाजिक, आर्थिक तथा विकासका दृष्टिकोणले देशकै पछिल्लो पंक्तिमा रहेको कर्णाली दातृ निकाय र गैरसरकारी संघ संस्थाको आकर्षक क्षेत्रका रुपमा रहनु र त्यस्ता निकायले सञ्चालन गर्ने प्रदेशस्तरीय कार्यक्रम सञ्चालनको रोजाईमा सुविधासम्पन्न तारे होटल पर्नुले पनि सुर्खेतमा होटेलप्रतिको लगानीमा वृद्धि भएको राष्ट्रिय उपभोक्ता मञ्च, सुर्खेतका अध्यक्ष आकाशतारा वयकले बताए ।

उनका अनुसार पछिल्लो समय सुर्खेतका अधिकांश होटलहरूमा हरेक दिन कुनै न कुनै त्यस्ता कार्यक्रमको आयोजना हुने गरेको छ । यसअघि नेपालगञ्जमै आयोजना हुने क्षेत्रीयस्तरका अधिकांश कार्यक्रमहरू समेत सुर्खेतमै हुन थालेका छन् ।  प्रदेशको राजधानी भएपछि दशवटै जिल्लाको सुर्खेत आवतजावत बढ्नु, स्थलमार्ग हुँदै कर्णालीका अन्य जिल्ला जाने यात्रुहरू बढ्नु, सुर्खेत–काठमाडौं सिधा हवाई सेवा सञ्चालन हुनुले पनि होटेलमा लागनी गर्न व्यवसायीहरूलाई उत्साहित बनाएको स्टे भ्याली भ्यू होटलका सञ्चालक तर्क शाहीको भनाई छ ।

होटलमा स्तरीयताको खाँचो

कर्णालीमा होटल व्यवासायमा लगानी बढे पनि होटलको स्तरीयतामा अँझै खाँचो रहेको देखिन्छ । विभिन्न पटक गरिएको अनुगमनबाट अझै होटलहरुमा खाध स्वच्छतामा ध्यान दिएको पाईदैन् । खाद्य तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक अमित भूषण सुमनका अनुसार होटल व्यवसायीहरूले खाद्य स्वच्छतामा ध्यान दिन सके स्तरीय होटलहरूको संख्यामा वृद्वि गर्न सकिन्छ ।

उनले भने, ‘लगानीकर्ताहरूलाई खाद्य स्वच्छतासम्बन्धी निर्देशिका बमोजिम काम गरे यसको भविष्य अझै उज्वल छ ।’ उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी खाद्य स्वच्छता कायम गर्न सके होटल तथा रेष्टुरेन्टहरूको स्तरीकरणमा वृद्वि गर्न सकिने उल्लेख गरेका थापाका अनुसार खाद्य स्वच्छताको मूल्यांकनका आधारमा कर्णालीमा गुणस्तरीय होटल तथा रेष्टुरेन्टहरूको संख्या अझै न्यून छ । यसमा होटल व्यवसायीहरुले बेलेमा सोचेरे अघि बढ्ने तथा खाध स्वच्छताको मापदण्ड पूरा गर्न पनि सुझाव दिए

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस