डोल्पामा सरसफाइको अबस्था नाजुक- पुर्ण सरसफाईका क्रियाकलपा नहुँदा समस्या

टेक शाहि डोल्पा, कर्णालीको तेस्रो र नेपालकै ४२ औँ जिल्लाको रुपमा डोल्पा जिल्ला खुला दिशामूक्त जिल्ला घोषणा भै सकेको छ । गएको कार्तिक ९ गते डोल्पा जिल्लाइ नेपालकै ४२ औँ जिल्लाको रुपमा खुला दिशामूक्त जिल्ला घोषणा गरिएको हो ।  सन् २०१७ भित्र नेपाललाइ खला दिशामूक्त देश घोषणा गर्ने लक्ष्य अनरुप डोल्पालाइ घोषणा गरियो । जिल्लालाइ खुला दिशामूक्त घोषणा गर्ने बेलामा पूर्ण सरसफाइका कामहरु तिव्र पार्ने भन्दै घोषणा गरेको ३ महिना बिति सक्दा पनि पूर्ण सरसफाइका कुनै पनि क्रियाकलापहरु हुन सकेका छैनन ।

जिल्ला खुला दिशामुक्त घोषणा पछि पूर्ण सरसफाइका क्रियाकलापहरु नहुदा डोल्पाको सदरमुकाम दुनै फोहोरको ड्ङगुर भएको छ । भेरि नदिको किनारमा रहेको दुनैमा बाक्लो बस्तिको ढल भेरिमा मिसाउने गरे पछि भेरि पूरै दुर्गन्धीत भएको स्थानिय अर्जुन हिराचन बताउछन ।
उनका अनुसार जिल्ला खानेपनि सरसफाइ तथा स्वच्छता समन्वय समितिले हतार मै घोषणा ग¥यो दुनै बजार र भेरिको अबस्था झन फोहोरको ड्ङगुर हुदै गएको छ उनले भने । साघुरो बजार र होटेल,किराना पसल र फेन्सी पसलबाट दैनिक सयौं केजि फोहोर भरिमा फाल्ने गर्दा भेरि नदि झनै फोहोरको ड्ङगुर भएको योगेन्द्र बुढाले बताए । उनका अनुसार बजार तथा होटेलबाट निष्कने फोहोर ब्वस्थपनको लागि स्थानिय सरकारले फोहोर ब्यवस्थापन केन्द्रको ब्यवस्था गर्नु पर्ने सझाब दिए
सौचालयका ढल सिधै भेरिमा
सदरमुकम दुनैमा नै ४० भन्दा धेरै घरले भेरिमा सौचालयको ढल मिसाएका छन । अधिकांश धनि र कर्मचारिहरुका घरबाट नै भेरिमा सौचालयका ढल मिसाएको डिवाससीसी को दावी छ । पूर्ण सरसफाइका क्रियाकलाप स्थानिय सरकारले गर्ने डिवाससीसी को भनाइ छ । तर उता स्थानिय तहमा भने कर्मचारि बिहिन भए पछि कस्ले जवाफ दिने र कस्ले कार्यान्वयन गर्ने भन्ने कुनै पनि टुङगो छैन ।

सदरमुकामकै अबस्था दयनिय भए पछि गाँउगाँउको अबस्था झन भन्न नसकिने अबस्थामा रहेको नागरिकहरु बताउछन । स्वास्थ्य तथा सरसफाइ क्षेत्रमा काम गर्ने दर्जनौ संघसँस्था र सरकारी निकाय भए पनि डोल्पाको अबस्था सरसफाइमा जिल्ला खुला दिशामूक्त पछि झनै खस्किदै गएको बुद्धिजीविहरु बताउछन ।
साबिकको २३ गाविस र हालको २ नगरपालिका र ६ गाँउपालिका गरि ८ वटा स्थानीय तह रहेको डोल्पा जिल्लामा सरसफाइको अबस्था निकै कम्जोर अबस्थामा रहेको पाइन्छ । खुला दिशामूक्त जिल्ला घोषणा गर्नको लागि मापदण्ड पूरा नभएको भनेर स्थानीयहरुले बिरोध गर्दैगर्दा पनि (डिवाससीसी)ले कार्तिक ९ मा घोषणा गरेको थियो ।

सरकारी कर्मचारिको घरमा नै सौचालय छैन
सौचालय बनाउन अल्छी गर्ने अरुको सौचालय प्रयोग गर्ने अधिकाँश नेपाल सरकारका कर्मचारिहरु नै रहेको जिल्लामा काम गर्ने गैर सरकारि कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सर्वसाधारण नागरिकले सौचालय निमार्ण गरेका छन र धेरै जसो प्रयोगमा पनि छन । तर धनि बर्गमा गनिने र कर्मचारि वर्गका ब्यक्तिको घरमा नै सौचालय छैनन र भएका पनि अब्यवस्थित छन ।

भौगोलिक रुपमा ठुलो जिल्ला डोल्पामा अहिले पनि करिव ३० प्रतिशत घरमा सौचालय छैनन । त्यसै गरि करिव २० प्रतिशतले भएका सौचालय पनि प्रयोग गर्दैनन र बाकी घरधुरिले चर्पि प्रयोग गरे पनि ब्यवस्थित सौचालय भने छैनन ।  एक बर्षमा बजारको छेउमै बगेको भेरि नदिको पानि अञ्जुली हालेर खाने बनाउने प्रतिबद्धता जनाएका ठुलीभेरि नगरपालिकाका उपप्रमुख योगेन्द्र बहादुर शाही आफै गुमनाम भएका छन ।

स्थानीय तहले सुन्दर सदरमुकाम दुनै बनाउने र पर्यटकको गन्तब्य बनाउने भने पनि स्थानीय तह नै सुस्ताए पछि भेरि नदिले फोहोरको ड्ङगुर भएर थेगी रहेको छ । जिल्लामा अहिले पनि हेर्ने हो भने सौचालय नबनाएका अधिकांश दलित घरपरिवार नै भएको पाइन्छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस