पुम्फा बचाउ अभियानमा ६३ हजार संकलन,(कसले कति दिए नाम सहित) ?


सागर परियार,

स्तन क्यान्सरबाट पिडित जुम्ला तातोपानी २ की पुम्फा दमाई बचाउ अभियानबाट हाल सम्म करिब ६२ हजार रुपैया आर्थिक संकलन भएको छ । आर्थिक अभावले क्यान्सर संग लड्दै पुम्फा भन्ने समचार प्रकाशीत पछि थालिएको आर्थिक संकलन अभियानमा नेपाल, भारत लगायत अन्य देशबाट प्राप्त भएको आर्थिक ६२ हजार पुगेको हो ।

जसमा शुरुवातमै जुम्लीसेवा समाज काठमान्डौबाट र्हक बहादुर रावलले ९ हजार ४ सय ६० रुपैया पठाएका थिए । भने, दोस्रोमा प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले ५ हजार सहयोग गर्नु भएको थियो । भने, तातोपानी ३ की सरस्वती बमले २ हजार सहयोग प्रदान गरेकी थिईन् ।
त्यस्तै चन्दननाथ नगरपालिका ५ का कृष्ण सुनारले ५ हजार, ईलेक्टोनिक व्यवसायी हर्ष शाहिले ५ हजार, तातोपानी २ निवासी राम बहादुर परियारले ६ हजार, चन्दननाथ नगरपालिका ३ का विष्णु बहादुर बुढ्थापाले ५ हजार दिनु भएको छ । त्यस्तै देपालगाँकी उमा क्षेत्रीले १ हजार होटल व्यवसायी नोर्वु लामाले ५ हजार दिनु भएको छ ।

भारतबाट आयो २० हजार
भने दोस्रो दिनमा भारतबाट कर्णाली पोष्टका प्रमुख संरक्षक नरी परियारको संयोजकत्वमा २० हजार सहयोग प्राप्त भएको थियो । जसमा, तातोपानी ३ निवासी हाल भारत हिमाचल कर्णाली पोष्टका प्रमुख संरक्षक नरी परियार १६ सय, मिम परियार १६ सय, रमेश परियार १६ सय र सन्जु परियारले ८ सय सहयोग दिएका हुन् ।

त्यस्तै तातोपानी २ का भारत हिमाचलमा बस्ने प्रकाश परियार १६ सय, परी परियार १६ सय, खेम बुढा १६ सय, हर्केश परियार ८ सय, छत्त परियार ८ सय, हर्क परियार १६ सय, नरेन्द्र सुनार ८ सय, राजकली परियार १६ सय तिर्थ परियार ८ सय, रवी परियार ८ सय, श्याम लामाबाट १६ सय र मुल प्रवाह नेपाली एकता समाजका सचिव मिथुन सिंहबाट २ हजार गरी जम्मा २० हजार नेपाली रुपैया पुम्फाको लागि पठाइएको हो ।
नेपाली एकता समाजले पुम्फाको ृउपचारका लागि भारतको हिमाचलको पिओ आर्थिक संकलन गरेको थियो । उता जूम्ली सेवा समाज काठमान्डौले आर्थिक संकलन गरिरहेको छ । पहिलो पटक ९ हजार ४ सय ६० रुपैया सहयोग पठाएको उक्त जुम्ली सेवा समाजले हाल सम्म फेरी पठाएको छैन् । तर पठाउने तयारी भएको बताए छ ।

बीचमै आर्थिक संकलन रोक्ने भनिएता पनि चितवन क्यान्सर अस्पतालले बाहिरको सामान्य औषधी खरिद गर्नुपर्ने बतताएपछि फेरी आर्थिक संकलन जारी राखिएको हो । भने, जुम्लामा सागर परियारलेसंकलन गरेको ६३ हजार ४ सय ६० रुपैया सबै पिडितमका आफन्तलाई बुझाइएको छ । पुम्फाको उपचारका लागि कुरुवा बसेका दुईजनाको खर्चका लागि अझै आर्थिक अभाव रहेकाले आबश्यक सहयोग गर्न अनुरोध गरिन्छ ।

तपाईको प्रतिक्रिया