कर्णाली पोष्ट, जुम्ला
चन्दननाथ नगरपालिका वडा नम्वर २ भण्डारीवाडा स्थानीय बासीहरुले भाले रतुवा गृगको उद्धार गरेका छन् । संरक्षणको अभावले दुलर्भ भएको रतुवा मृगको शुक्रबार विहान उद्धार गरिएको हो ।
भण्डारी गाँउमा विहान ७ बजे कुकुरले रतुवा मृगलाई लखेटको देखेपछि पछि गाँउबासीहरु मिलेर कुकुर बाट छुट्टाएर बचाएका हुन् । रतुवा मृगको मुख बाट रगत बगेको र एउटा खुट्टा पनि भचिएको थियो ।
कुकुरले लखेटी रहेको वेला भण्डारीवाडा स्थानीयबासीहरुले घरमा रतुवा मृगलाई लिएर जिल्ला प्रहरी कार्यालय र जिल्ला वन कार्यालयलाई जानकारी गरिएको स्थानीय महेन्द्र आचार्य बताए ।
रतुवा मृगलाई धेरै नै चोट लागेर घाईते भएको र यसलाई पूर्ण रुपमा उपचार गरेर राष्ट्रिय निकुञ्जमा लगेर राख्न स्यानीयबासीहरुले माग गरेका छन् ।
स्थानीयले रतुवा मृगलाई राष्ट्रिय निकुञ्जमा राखेर संरक्षण गर्नु पर्ने भन्दै जिल्ला वन कार्यालय जुम्लालाई स्थानीय बासीहरुले बुझाएका छन् । हिउँदको समयमा खानाको अभाव र हिउँ पर्ने भएकोले बस्ने ठाँउ नहुने भएकोले जुम्लामा वर्षेनी रतुवा मृग गाँउ पस्ने गरेकको जिल्ला वन कार्यालयका वन रक्षक गगन बहादुर बुढथापाले बताए ।
जिल्ला वन कार्यालय जुम्लाका अनुसार घाइते मृगको जिल्ला पशुसेवा कार्यालय जुम्ला स्वास्थ्य चेकजाँच गरी शनिबार जंगलमा लिएर सरोकारवाला बीच छोड्ने तयारी भईरहेको छ ।