सरकारप्रति गुनासो छैन ः जेष्ठनागरिक

मानदत्त रावल, जुम्ला ः हिमा गाउँपालिका – २ ओदीगाउँमा ८० बर्षीया अनरुपा रोकायाले भनिन् अहिले त सुख्खका दिन आयाँ । अहिलेको सरकारले सवै थोक घरैमा पु¥याएको छ । पानीका धारा देखि सडक सवै थोक घरमा पुगेको छ उनले सरकारको जय जयकार गरिन् । अहिलेका जेष्ठनागरिकलाई दुख्ख छैन । छोराछोरीले रेखदेख नगरेपनि अहिले सरकारले अभिभावकत्व ग्रहण गरेको छ ।
हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाही जेष्ठनागरिकलाई न्यानो कपडा(जाकेट) उपलव्ध गराउन गाउँमा पुग्दा उनले अहिलेको सरकारको जय जयकार गरेकी हुन् । राज्यले सामाजिक सुरक्षा भत्ता देखि न्यानो कपडा घरमै आएर पु¥याउदा उनी खुसी मुद्रामा सरकारलाई धन्यवाद पनि दिइन् । उनले भनिन् अहिले ८० बर्षको उमेर भयो । राज्यको सेवा सुविधा पाउदा अझै केही बर्ष बाच्ने आशा पलाएर आउन्छ ।
दुखी विरामी हुदा निशुल्क उपचार पाउने गरेका छौँ । उहिलेका दिन भन्दा अहिलेका दिन निकै सुख्खका दिन आए उनले भनिन् सामाजिक सुरक्षा भत्ता पनि समयमै पाउने गरेका छौँ । ७० बर्ष भन्दा माथिका जेष्ठनागरिकलाई महिनाको तीन हजार सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउने गर्दा अहिले छोराछोरीको भर पर्नु परेको छैन । उनले भनिन् यसै रकमले लुगाफाटो, नुनतेल मिठोमसिनो खान पुगेको छ ।


त्यसैगरी हिमा गाउँपालिका – ६ महाबैपाथरखोला गाउँकी ८२ बर्षीया जुन्पुरा दमाइले अहिले राज्यदेखि कुनै गुनासो नरहेको बताइन् । उनले भनिन् अहिले मृत्यु कुरी रहेको अवस्थामा राज्यले नै भरणपोषणको जिम्मेवारी लिएपछि खुसी लाग्छ । उनले पनि राज्यको प्रशंसा गर्दै बाच्ने आधार भएको बताइन् ।
हिमा गाउँपालिका – १ देखि ७ वडाका ७० बर्ष माथि २ सय ९३ जना जेष्ठनागरिक रहेका छन् । हिमा गाउँपालिकाले सवै जनालाई सिचो मौसममा न्यानो कपडा (जाकेट) उपलव्ध गराएको छ । जनतासँग अध्यक्ष कार्यक्रम अन्र्तगत ७० बर्ष भन्दा माथिका जेष्ठनागरिकलाई न्यानो कपडा उपलव्ध गराएको प्रमुख प्रशासकिय अधिकृत टोपबहादुर बुढाले बताए । उनले भने राज्यले जेष्ठनागरिकलाई सम्मान गरेका छ ।
त्यसैगरी साहाराविहिन एकल महिलाई पनि गाउँपालिकाले कपडा उपलव्ध गराउने योजना रहेको उनले बताए । सावैजनिक सेवाका लागि कार्यालयमा आउने जेष्ठनागरिक र अपाङ्गता भएका व्यक्तिलाई अरु भन्दा अगाडी सेवा दिने र सामाजिक सुरक्षा भत्ता पनि समयमै उपलव्ध गराउने गरेको गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताइन् ।

प्रतिक्रिया दिनुहोस