नागरिकको असहयोगनै विपद व्यवस्थापनको चुनौती ः मेयर सेजुवाल

सागर परियार .
साघुँरो सडक, नागरिकको असहयोग, स्थानीयको लापरर्बाहि तथा चेतनाको अभाव लगायत आन्तरिक प्राविधिक कठिनाई नगरपालिकाका विपद व्यवस्थापनका मुख्य बाधक हुन् । जुम्लाको एक मात्र नगरपालिका चन्दननाथका १० वडामा आगलागी हुँदा दमकल जाने फराकिले बाटो छैन् । मापदण्ड अनुसार सडक निर्माण गर्न खोज्दा स्थानीयहरु आफ्नो जगा छोड्न मान्दैनन् । जसका कारण नगरक्षेत्रमा आगलागीका घटनाले ठुलो क्षेति हुने गरेको छ । मेयर कान्तिका सेजुवालले भन्छन, बरु सरकारको जगा अधिकरण गर्छन् आफ्नो छोड्दैनन् नागरिककै सहयोगका कारण नगरपालिकामा विपद व्यवस्थापन चुनौतीपुर्ण रहेको छ ।

एकातर्फ सडक सुधार भएन, विपद व्यवस्थापन कमजोर छ भनेर गुनासा पनि गर्ने, अर्को तर्फ गुनासा गर्नेहरुनै सरकारलाई जग्गा दिन नमान्ने गलत प्रबृतिले विपद व्यस्थापनमा चुनौती आएको मेयर सेजुवालको भनाई छ । जिल्लामा बसेको नगरस्तरीय विपद व्यवस्थापन समितिको बैठकमा अधिंकाशले नगरपालिको लापरर्बाहि र स्थानीयको असयोगले विपद व्यवस्थापन तथा पूर्वतयारी प्रभावकारी हुन नसकेको गुनासो गरे ।

नगरपालिका भित्रका सिंहाचौर, कालेखोली, तलिउम, कार्तिकस्वामी, डाडाकोट, लगायत यहाँका १० वटै वडामा जाने सडक निकै साँघुरा भएका कारण दमकल छिर्ने अबस्था छैन् । नागरिकको असहयोग भन्दै स्थानीय सरकार विपद व्यवस्थापनमा कमजोर हुनु दुखद पक्ष हो । वर्षेनि १० लाखका दरले बजेट छुटाएर केहि पिडितलाई राहात दिदैमा विपद व्यवीथापनको औचित्य हुदैन् । बास्तबमा घटनाबाट हुने क्षेतिलाई रोक्न अनपाईने पूर्व तयारी तथा पूर्वयोजना निर्माण जोड दिन आबश्यक हुन्छ ।

यस विषयमा नगरपालिकामा मात्र नभई जुम्लाका आठै स्थानीय तह बेखर छन् । आगलागीकमा घटना बढ्ने समय आउन लाग्दा सचेतना जोगाउन नगरपालिकाले चासो दिएपनि प्रभावकारी योजना छैन् । तथ्यांक अनुसार अहिले सम्म नगरपालिकाले आगलागी पिडित घर भत्केका गरी करिब ४० जना बढी राहत रकम उपलब्ध गराएको छ । विपद व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेका अनुसार नगर क्षेत्रभित्र भएका आगलागी पिडितका परिवारलाई घटनाको प्रकृती अनुसार तत्तकाल राहत उलब्ध गराइएको छ ।

विपद व्यवस्थापनका लागि विनियोजित १० लाख बजेट समेत खर्च भएको अबस्था छ । भने, नगरपालिकाको विपद व्यवस्थापन सम्बन्धी पाश्र्वचित्र समेत निर्माण गरिएको छ । प्रस्तुत पाश्र्वचित्रमा पनि साँघुरो सडकनै नगरपालिकाको विपद व्यवस्थापनको मुख्य चुनौती रहेको देखिन्छ । डिएसपी लाल बहादुर धामीले विपद व्यवस्थापनका लागि नगरपालिकाले तातोपानी गाउँपालिका संग सहकार्य गरी पानी टयांकर खरिद गर्न सुझाब दिए ।

नगरपालिकामा रहेको दमकल पटक पटक बिग्रीने भएकाले विपद व्यवस्थापनको दिगो समधानमा ध्यान दिन समेत सुझाब दिए । मेयर सेजुवालले नगरपालिकाको विपद व्यवस्थापनलाई मजबुद बनाउन पूर्वतयारी योजना शसक्त बनाउनमा जोड दिने बताईन् । प्रतिदिन नगरको जनसंख्या बढ्दै गएकाले पनि आबश्यकता अनुसारको योजना बनाउनुपर्ने उल्लेख गरिन् ।

विपद व्यवस्थापनका क्षेत्रमा काम गर्ने गैससहरुले पनि अनडोर प्रणालबिाट जान सुझाब दिईन् । खाली प्रभावहिन तरिकाले कनिका छराई गर्ने प्रबृति त्याग्न मेयरले निर्देशन दिएकी छन् । सप्टवयरको पाटो एनजिओले हेरेपनि आर्थिक गतविधि गर्न नगरपालिका संग समन्वय गर्न समेत आग्रह गर्नि । साथ सहयोग दिने भन्दा नगरपालिका प्रति टिका टिप्पणी र आलोचना गर्ने बढी भएकाले काम गर्न अप्ठयारो भएको मेयरको भनाई छ । तर जुम्लाका आठै स्थानीयतहको विपद व्यवस्थापनको सयंन्त्र मजबुद छैन् ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस