नेकपा जुम्लाको दोस्रो पूर्ण बैठकमा गुड उपगुड भत्काउने छलफल

जुम्ला : नेपाल कम्यूष्टि पार्टी जिल्ला कमिटि जुम्लाको दोस्रो पूर्ण बैठक सदरमुकाम खलङ्गामा सुरु भएको छ । पार्टी एकता भएको लामो समय पछि नेकपा जुम्लाको दोस्रो पुर्ण बैठक भएको हो । बैठकमा जिल्ला कमिटि अध्यक्ष विरबहादुर कुवँरले राजनीतिक सांगठानिक प्रतिवेदन बैठकमा पेस गरेका थिए भने पार्टी सचिव तिर्थ बुढाले आर्थिक प्रतिबेदन पेश गरेका थिए । जिल्ला कमिटि जुम्लाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरिएको थियो भने मोटर साइकल दुर्घटनामा निधन भएका जिल्ला कमिटि सदस्य मुनिकेश गौतम प्रति श्रद्धासुमन व्यक्त गरेको थियो ।
नेकपा जुम्लाका पार्टी इन्चार्ज गजेन्द्रबहादुर महतको प्रमुख आथित्यमा सुरु भएको जिल्ला कमिटिको पुर्ण बैठकमा अध्यक्ष कुँवर पेश गरेको राजनीतिक प्रतिवेदन माथि छलफल भई रहेको जिल्ला कमिटि सदस्य तथा विद्यार्थी नेता अमरराज शाहीले बताए । बैठकमा सहइन्चार्ज नरेश भण्डारी लगायत कर्णाली प्रदेश सदस्यहरुको पनि सहभागी भएका छन् । राजनीतिक तथा सांगठानिक प्रतिबेदनमा तीन महिने पार्टी एकता, सुधार तथा जन सम्वन्ध सुधार अभियान सञ्चालन गरिने भएको छ । पार्टी भित्रका गुड उपगुड र अन्तरविरोधलाई निरुत्साहित गर्ने, पार्टी भित्रका अन्तरविरोध समाप्त गर्ने र पार्टीलाई एक ढिक्का बनाएर सुशासन र पार्दशितामा जोड दिने विषयमा छलफल भएको अध्यक्ष विरबहादुर कुवँरले बताए ।
त्यसैगरी पार्टी सचिव तिर्थ बुढाले पेश गरेको आर्थिक प्रतिबेदनमा लेबी, सदस्यता नविकरण र नयाँ सदस्यता शुल्क अनिवार्य उठाउनु पर्ने र पार्टीको कारोबार बैक खाता मार्फत गरी पार्दशि र सुशासनलाई बढी जोड पर्ने विषयमा छलफल भएको जनाएको छ ।
त्यसैगरी पार्टीको भातृ संगठन अनेरास्ववियूले विश्वमा फैलिएको कोरोना भाईरसबाट बच्नका लागि सेचतना जगाउनुका साथै जिल्ला कमिटिको बैठकमा सहभागी भएका सवै सहभागीलाई माक्स वितरण समेत गरेको विद्यार्थी नेता शाहीले बताए ।
पार्टीको जनवर्गीए संगठनका संयोजक र सहसंयोजक टुङ्गीसकेकाले हप्ता दिन भित्र कमिटि टुङ्गयाउने, पार्टीको कार्यालय, सचिवालय र बाँकी १० प्रतिशत मनोनित सदस्य पनि मनोनित गर्ने जिल्ला कमिटिको दोस्रो पुर्ण बैठकमा प्रस्ताब पेश भएको जनाएको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस