कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले प्रदेश सरकारका काम चित्त नबुझे सिधै आफुलाई फोन गर्न आग्रह गरेका छन् ।
प्रदेश सरकारका योजना तथा कार्यक्रमको स्थलगत अनुगमनमा निस्किएका मन्त्री मण्डारीले गुणस्तरहिन काम आफुलाई अस्वीकारे हुने बताए । उनले जुम्लाको चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका, तातोपानी र गुठीचौर गाउँपालिकामा प्रदेश सरकारले गरिरहेका कामको स्थलगत अनुगमन गर्दै स्थानीयसँग कार्यक्रमको प्रभावकारिता बारेमा छलफल गरेका छन् ।
मन्त्री भण्डारीसहितको टोलीले सदरमुकाम खलङ्गादेखि उर्थु हुँदै खाली, भुलभुलेसम्म मुगु रारा जोडिने सडक स्तरवृद्धि, स्थानीय सडक, सिंचाई, कुलो, नमूना भवनलगायतका परियोजनाको अनुगमन गरेका थियो ।
मन्त्री भण्डारीसहित जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की, उपप्रमुख कार्मा बुढा, पातारासी गाउँपालिकाका उपाध्यक्ष पन्नकली महतारा, निमित्त प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटा, शशस्त्र प्रहरी उपरीक्षक सरद न्यौपाने, प्रहरी नायव उपरीक्षक लालबहादुर धामी भौतिक पूर्वाधार कार्यालयका कर्मचारी टोलीमा सहभागी थिए ।
खलङगा रारा वैकल्पिक मार्ग स्तरवृद्धि हुने
मन्त्री भण्डारीले खलङ्गा– उर्थु–भुलभु मुगु रारा सडकको अनुगमन पछि पटमारा र उर्थु जोड्ने वैकल्पिक मार्गको स्तरवृद्धिको काम अघि बढेको बताए । यो सडक नाग्म गमगडी राजमार्ग हुँदै रारा जान यो सबभन्दा छोटो सडक हो ।
उनले स्थानीयवासीलाई आलु, सिमीलगायतका स्थानीय बस्तुको उत्पादनमा जोड दिन आग्रह गरे । साथै उनले सरसफाईमा ध्यान दिएर पर्यटकका लागि होमस्टे बनाउन अनुरोध गरे । सडकको यात्रा सहज भएमा गाउँमा उत्पादित बस्तु निर्यात गर्न सजिलो हुने भन्दै स्थानीयले सडक कालोपत्रे गर्न प्रदेश सरकारलाई अनुरोध गरे ।
भौतिक संरचनामा जोड
प्रदेशसभा (क) बाट सांसद निर्वाचित मन्त्री भण्डारीले प्रदेश सरकारले भौतिक संरचना निमार्ण जोड दिएको बताए । उनकै आफ्नै पहलमा कर्णाली प्रदेशकै ठूलो स्वास्थ्य हवको रुपमा स्थापित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, वैकल्पिक उर्जा केन्द्र, चुकेनी जलविद्युत निर्माण भइरहेको बताए ।
यस्तै प्रदेश सरकार खलंगामा एक मेघावाटको सोलार प्लान्ट, जुम्ला सदरमुकामसहित जुम्लाको आधा जनसंख्यालाई समेटने गरी २ अर्ब २५ करोड (संघीय सरकारको पहलमा प्रदेशको गौरवको) आयोजना धौलीघाट खानेपानी आयोजना ग्लोबल टेण्डरको तयारीमा छ । यस्तै कर्णाली प्राविधिक शिक्षालय प्रविणता प्रमाणपत्र अध्ययन, जुम्ला बहुमुखी क्याम्पसमा स्नाकोत्तर सञ्चालन, सिंजा क्याम्पसको स्थापनाको पनि अघि बढेको छ ।