
जुम्ला ः जुम्ला जिल्ला सवै भन्दा दुर्गम भेगमा पर्ने तिला गाउँपालिका – ९ को मानेचौर र ६ नम्बर वडाको सुडीगाउँमा निशुल्क दन्त शिविर सञ्चालन गरिएको । दन्त शिविरमा २ सय ८० जनाले सेवा लिएको हातेमालो नेपाल जुम्लाका कार्यकारी निर्देशक टेकबहादुर रावत बताए ।
तिला गाउँपालिकाको समन्वय, हातेमालो नेपालको आयोजना र बिएमडी एमआइ नेपालको सहयोगमा शिविर सञ्चालन गरिएको हो । उनका अनुसार दुर्गम क्षेत्रमा दाँत रोगीहरुको अवस्था बिकराल देखिएको छ । गाउँमा निशुल्क दन्त शिविर सञ्चालन गर्दा स्थानीय निकै उत्साहित थिए । पहिले तिला गाउँपालिकाको ६ घोडेमहादेव र पोखरी गाउँमा दन्त शिविर सञ्चालन गरिएको थियो ।
दन्त शिविरले स्थानीयको दाँतको उपचार मात्र भएन, कार्यकारी निर्देशक रावतले भने, आर्थिक अभावले उपचार गर्न नसकेका दन्तरोगीको पनि निशुल्क रुपमा उपचार भयो । त्यहाँ देखि सदरमुकाम खलंगासम्म दाँतको उपचार गर्न आउँदा झण्डै प्रति ब्यक्ति ३ हजार रुपैयाँसम्म खर्च लाग्छ । २ सय ८० जनाको उपचार गर्न आउँदा लाग्ने झण्डै ९ लाख रुपैयाँ बचेको छ ।