२३ लाख क्षतिपुर्ति पाएपछि स्याउ कृषक हर्षित

जुम्ला : कालिकोटका स्याउ कृषकले २३ लाख रुपैयाँ क्षतिपुर्ति प्राप्त गरेका छन् । असिना र खडेरीका कारण स्याउ नष्ट भएपनि कृषकले क्षतिपुर्ति प्राप्त गरेका हुन् । शिखर लाइफ इन्स्योरेन्स कम्पनीले कालिकोट तिलागुफा नगरपालिका स्याउ कृषकलाई एकमुष्ट २३ लाख रुपैयाँ क्षतिपुर्ति उपलब्ध गराएको हो ।
शिखर इन्स्योरेन्स कम्पनीका कर्णाली इन्चार्ज क्रृषिराम पाण्डेका अनुसार २०७२ साल देखि स्याउ बीमा कार्यक्रम शुरु भएको हो । अहिले हुम्ला बाहेक तत्कालिन कर्णालीको जुम्ला, कालिकोट, मुगु र डोल्पाका किसान स्याउ बिमा प्रति निकै आकृषित भएका छन् । असिना र खडेरी परेर स्याउ उत्पादनमा ह्रास आएपछि किसानले क्षतिपुर्ति पाउने गरेका छन् ।
तिलागुफाका नगरपालिकाको कृषकले एक हजार रुपैयाँ देखि ५० हजार रुपैयाँ सम्म क्षतिपुर्ति पाएका हुन् । ५ बिरुवा हुने किसानले एक हजार रुपैयाँ पाएको इन्चार्ज पाण्डेले भने २ सय ५० स्याउका बिरुवा हुने किसानले ५० हजार रुपैयाँ क्षतिपुर्ति पाए ।
यहाँका किसानले बर्षेनी स्याउ बिमा नविकरण गर्छन् । कालिकोटमा बर्षेनी खडेरी र असिना पर्ने भएको क्षतिपुर्ति प्राप्त गरीरहेका छन् । स्याउ बीमा गर्दा उत्पादन नभए पनि बिमा स्वरुप क्षतिपुर्ति पाउने भएकोले स्याउ खेति बीमा गर्न किसान लागी परेका हुन् ।
स्याउ खेति बिमाले कर्णालीमा स्याउ खेति गर्न किसानलाइ उत्साहित बनाएको छ । हरेक स्याउ किसान स्याउको बिमा गर्न इच्छुक देखिन्छन् । जलवायु परिवर्तनका कारण एकै खालको मौसम नहुने भएकोले स्याउ बिमा गर्न किसान आकर्षित भइरहेको इन्चार्ज पाण्डे बताए ।
उनले भने, किसान स्याउ खेतिमा उत्साहित भएका छन् । त्यो भन्दा बढि स्याउ बिमाले स्याउको खेती गर्न उत्प्रेरित गरेको छ ।

प्रतिक्रिया दिनुहोस