जुम्ला ः जुम्लाको सिञ्जा भेगमा पर्ने हिमा गाउपालिकाले मुगुको रारा ताल जाने मुलबाटोमा हेल्थ डेक्स स्थापना गरेको छ । सुर्खेत कालिकोट हुदैँ कर्णाली राजमार्गको नाग्म गमगढी सडक खण्ड अन्र्तगत राराताल जाने आन्तरिक तथा बाह्य पर्यटकको चापलाई मध्येनजर गर्दै हेल्थ डेक्स स्थापना गरिएको हो । गाउँपालिका अध्यक्ष रजबहादुर शाही र प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाको स्वास्थ्य जाँच गरेर पालिकाको कार्यालय नजिककै हेल्थ डेक्स स्थापना गरिएको हो ।
डेक्सले माक्स वितरण गर्नुका साथै स्वास्थ्य समस्या बारेमा चेकजाँच गर्ने छ । कर्णालीमा प्रमुख पर्यटकीय गन्तब्य राराताल जाने मुख्य सडक भएकोले हेल्थ डेक्स स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढा बताए ।
उनले भने, अहिले जहाँतही कोराना भाइरसको सन्त्रास छ । जतिबेला पनि जस्तो सुकै स्वास्थ्य समस्या आउन सक्छ, त्यसैले गाउँपालिका कार्यालसंगै हेल्थ डेक्स स्थापना गरेर स्वास्थ्य सेवा प्रदान गर्न थालेका हौँ । उनका अनुसार आन्तरिक र बाह्य पर्यटकलाई मात्र नभइ गाउँपालिकामा आउने सेवाग्राहीको स्वास्थ्य जाँच पनि गरिने छ ।
यसअघि जुम्लामा बसेको सरोकारवालाको बैठकले जुम्ला कालिकोटको सिमाना, जुम्ला मुगुको सिमाना, जुम्ला डोल्पा र जुम्ला जाजरकोटको सिमानामा हेल्थ डेक्स राख्ने निर्णय गरेको थियो । तर गाउँपालिकाले आफ्नै पहलमा स्थापना गरिएको यो हेल्थ डेक्सले अहिले चर्चामा आएको कोराना भाइरस बारे सचेतना प्रदान गर्नुका साथै आवश्यक परामर्श प्रदान गर्ने छ ।
यसको साथै मौसम परिवर्तनका कारण सिर्जना हुन सक्ने रोग ब्याधी बारेमा उच्च सतकर्ता अपनाउनको लागि मार्ग प्रसस्त गर्ने छ । गाउँपालिका अध्यक्ष रजबहादुर शाही विभिन्न संक्रमणबाट बच्न हेल्थ डेक्सले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । उनले भन्े, यसले पर्यटकको स्वास्थ्य जाँच गर्नुका साथै स्थानीयको स्वास्थ्यलाई पनि प्राथमिकता दिने छ । यो मार्ग हुदै राराताल जाने पर्यटकलाई पनि स्वास्थ्य जाँच गर्न निकै सहज हुने भएको हो ।
यहाँ स्वास्थ्य संस्था र प्राथमिक स्वास्थ्य केन्द्र समेत छ । यसअघि हिमा गाउँपालिकाले कोराना भाइरसलाई मध्यनजर गर्दै दस हजार माक्स वितरण गर्ने निर्णय गरेको थियो । यो डेक्स मार्फत सडकमा आवतजावत गर्ने स्थानीय र सवारी साधनमा यात्रुरत यात्रुलाई समेत सेवा प्रदान गरिने छ । कोराना भाइरसबाट बच्ने उपाय सहितको ब्यानर राखेर हेल्पडेक्स स्थापना गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पनि कोराना भाइरस संक्रमणलाई मध्येनजर गर्दै १० वटा शैया छुट्याएको छ । विशेषज्ञ चिकित्सकको नेतृत्वमा कार्यदल समेत बनाएको छ । जुम्लामा कोराना भाइरस बारेमा सचेतनाका क्रियाकलाप समेत भइराखेका छन् ।