कोरोना प्रभावः ‘लगडाउन’ पछि सुनसान जुम्ला सदरमुकाम (फोटो फिचर)

शब्द तस्बिर ः सागर परियार ।  जुम्लामा कोरोना (कोभिड–१९) भाइरस संक्रमण बाट बच्न लगडाउन गर्दा जुुम्ला सदरमुकाम बजार सुनसान बनेको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना संक्रमण भिनित्र नदिन सरकारले शैक्षिक संस्था, अदालतलगायत कार्यालय बन्द गरेपछि जुम्लाबाट मानिस आफ्नो घर फर्किने क्रम ह्वात्तै बढेको हो । सोमबार देखि जिल्ला प्रशासन र मंगलबार देखि सरकारलेनै देशभरी लगडाउन गरेपछि जुम्लामा चहल पहल ह्वात्तै घटेको हो ।

लामो तथा छोटो दुरीका सबै सवारी समेत ठप्प भएका छन् । विहान ६ देखि ९ बजे र साँझ ४ देखि ६ बजे सम्म मात्रै अत्याआबश्यक कामका लागि आवतजावत गर्न भनिएको छ । आगामी चैत १६ गते सम्पुर्णरुपमा घर बाहिर नआउन समेत आग्रह गरिएको छ ।

सोमबार सम्म संचालनमा रहेका सम्पुर्ण होटल व्यवसाय, खुद्रा तथा डिलर सबै बन्द भएका छन् । विश्व व्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाईस संक्रमणाको उच्च जोखिम नेपालमा भएकाले सरकारले उच्च सतर्कता अपनाउदै घरबाहिर नआउन निर्देशन गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन् । उनका अनुसार बाहिर देशबाट आउने कोहि नागरिकहरुले स्वास्थ्य चेकजाँच नगरेको भए नजिकको हैलथ डेस्क तथा स्वास्थ्य चौकीमा गएर अनिवार्य स्वास्थ्य चेकजाँच गर्न आग्रह गर्नि ।

करिब हप्ता सम्म लाइएको जनता कफ्र्यूमा कसैले निर्देश्न अटेरी गरेको खण्डमा नियम अनुसार कारबाहि गरिने प्रशासनले सबैका जानकारी समेत दिएको छ । लकडाउन भन्नाले जो जहा जस्तो अबस्थामा हुनुहुन्छ त्यहि आफ्नो ख्याल गरेर बस्नुहोस भनेको हो डिएसपी लाल बहादुर धामीले भने, कोरोनाबाट त्रसित भन्दा पनि सजक भएर बसेमा सुरक्षित भईने उनको भनाई छ ।

लगडाउन संगै जुम्लाका होटल रेष्टुरेष्ट, सरकारी तथा गैरसरकारी कार्यालय, यातायात, हवाई सेवा लगायत सबै ठप्प भएका छन् ।

प्रतिक्रिया दिनुहोस