
जुम्ला ः विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिमका कारण नेपाली कांग्रेस पार्टीले क्रियाशील सदस्यता वितरण र नवीकरणको काम स्थगित गरेसँगै कोरोना विरुद्धको सचेतना कार्यक्रममा जुटेका छन् ।
काँग्रेस नेता तथा कर्णाली प्रदेशका सदस्य दिनवन्धु श्रेष्ठ अहिले केही नेता कार्यकर्ता लिएर गाउँ पसेका छन् । उनी कोरोना विरुद्धको सचेतीकरण गर्न शहर भन्दा गाउँ केन्द्रीत भएका हुन् ।
केन्द्रीय पार्टीको निर्देशन अनुसार आइतबारदेखि सहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घरघरसम्म कोरोना सचेतना अभियान भने सतर्कतापूर्वक जागरण अभियानमा जुटेको जिल्ला पार्टी सचिव कार्मा बुढाले बताए ।
उनले भने कोरोना विरुद्धको सचेतनामा पार्टीका भातृ संगठन परीचालन गर्न पनि तयारी भईरहेको छ । खासगरी आम नागरिकलाई यसबाट बच्नका लागि सजक र सर्तकता अपनाउन स्थानीय सरकार देखि प्रदेश र संघीय सरकारसँग समन्वय सहकार्य गर्नुका साथै ध्यानाकर्षणसमेत गराउने छौँ ।