काँग्रेस नेता शाहिद्धारा नीजि लगानीमा १ हजार माक्स वितरण

सागर परियार  जुम्ला । 
नेपाली काँग्रेसका नेता लक्ष्मण शाहिले हिमा गाउँपालिका भरी करिब १ हजार माक्स वितरण गर्नुभएको छ । आफ्नो व्यक्तिगत लगानीमा नेता शाहिले पालिकाभरीका सर्वसाधारणहरुलाई माक्स वितरण गरेका हुन् । विश्व व्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाईरस संक्रमणबाट बच्नका लागि नेताले शाहिले गाउँगाउँमा गएर माक्स वितरण गरेको छन् ।

२५ रुपैयाका दरले गर्दा पनि करिब २५  हजार बराबरको माक्स व्यक्तिगत लगानीमा सर्वसाधारणलाई वितरण गरिएको छ । हिमा गाउँपालिकाका अध्यक्ष पदमा पराजित उम्मेदवार समेत रहेका शाहिले मानवीयता देखाउँदै विषम् परिस्थितीमा माक्स वितरण गर्दा स्थानीय खुसी भएका छन् ।

नेता शाहिले सबैको साथ सहयोग र हातेमालाबाटै कोरोना संग प्रतिकार गर्न सकिने भएकाले सानो सहयोग गरेको बताउनु भयो । हिमा गाउँपालिकाका ७ वटै वडाका हजारौ नागरिकलाई माक्स वितरण गर्दा सन्तुष्ट प्राप्त भएको समेत उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, जुम्लालाई कोरोनाको जोखिमबाट टाढा राख्नका लागि सबै दलहरुको साँझा एकेबदता भईसकेको र सबै पालिकाले प्रतिकार्य योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । चुनावमा भेष्ट झण्डा मात्रै बाडे तर अहिले माक्स वितरण नगर्ने भन्दै गुनासो गरेपछि १० हजार माक्स वितरण गरेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस