निर्वाचन आयोगले आज ८ बजे प्रतिनिधिसभाको परिणाम राष्ट्रपतिलाई बुझाउँदै

काठमाडौँ ः निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष बुझाउने भएको छ । बुधबार बेलुकी ८ बजे निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएका हुन् ।

सबै दलहरुबाट प्रतिनिधिसभातर्फको सच्याइएको अन्तिम नामावली निर्वाचन आयोगलाई प्राप्त भएकाले आजै बुझाउने आयोग स्रोतले जानकारी दियो ।

यता निर्वाचनबाट पहिलो दल भएको एमालेले स्थायी समितिको बैठकबाट अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको छ । तर, एमाले र माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्नेगरी पार्टी एकता प्रकृयालाई अगाडि बढाई रहेका छन् । ओली वा प्रचण्ड मध्ये कसले पहिला सरकारको नेतृत्व गर्ने भन्ने विषयको छिनोफोनो हुन भने हुन बाँकी छ ।

नयाँ पत्रिकामा खबच छ

प्रतिक्रिया दिनुहोस