उच्च अदालत सुर्खेत, जुम्ला इजलासले बन्दीप्रत्यक्षीकरण निवेदन उपर सुनुवाई गर्ने

जुम्ला : उच्च अदालत सुर्खेत जुम्ला इजलासले बन्दीप्रत्यक्षीकरण लगायत माहामारीसँग सम्वन्धित निवेदन उपर सुनुवाई गर्ने भएको छ । फैलिदो कोरोना माहामारीको संक्रमणलाई मध्यनजर गर्दै सर्वाेच्च अदालतको चैत ७ गतेको निर्णय बमोजिम चैत ९ – २२ गतेसम्म अदालतले प्रवाहहुने नियमित सेवा न्यूनिकरण गरी बन्दीप्रत्यक्षीकरण लगायत माहामारीसँग सम्वन्धीत निवेदन उपर सुनुवाई गर्ने भएको हो ।

यस्ता निवेदन उपर सुनुवाई गर्नका लागि न्यायाधिश राकेश कुमार निधि सहितको कर्मचारी व्यवस्थापन गरिएको अदालतका नायव सुब्वा गणेश आचार्यले बताए । उनले भने अदालत पुर्ण रुपमा बन्द भएको छैन माहामारीसँग सम्वन्धीत सेवालाई सर्वाेच्चको निर्णय अनुसार खुला रहेको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस