नगरपालिकामा एक करोडको कोरोनाविरुद्धको विपद् कोष


मानदत्त रावल, जुम्ला ः विश्वभर फैलिदो कोरोना भाईरस(कोभिड–१९)को रोकथामका लागि जुम्लाको चन्दननाथ नगरपालिकाले एक करोडको विपद कोष स्थापना गरेको छ । आइतबार बसेको नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको नगरप्रमुख कान्तिका सेजुवालले बताइन् । उनले भनिन् कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विपद् कोष स्थापना गरिएको हो ।
त्यसैगरी नगरपालिकाले कोरोनाविरुद्धको विपद् कोषका लागि नगरपालिका मातहतका सवै कर्मचारीले एक दिनको तलब र नगर कार्यपालिका सदस्यले दुइ दिनको बैठक भत्ता जम्मा गर्ने निर्णय भएको उनले बताइन् ।
कोरोना भाइसर संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि समपुरक कोष र लक्षित वर्गको विनियोजित बजेट रकमान्तर गर्ने पनि कार्यपालिका बैठकले निर्णय गरेको जनाएको छ । श्रमिक मजदुर तथा विपन्न नागरिको पहिचान र लगत संकलन गरी राहत स्वरुप दैनिक उपभोग्य बस्तु उपलव्ध गराउने पनि निर्णय भएको छ ।
यसैगरी जुम्लाका अन्य स्थानीय तहले पनि कोरोनाविरुद्धको विपद् कोष स्थापना गरेका छन् । पातारासीे १० लाख, तातोपानीले ८ लाख, तिलाले १० लाख, हिमाले १० लाख र सिंजा गाउँपालिकाले १५ लाखको विपद् कोष स्थापना गरेका हुन् ।
गुठिचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले दलित विपन्न परिवारलाई खाद्यन्न वितरण गर्न करिब दुइ सय क्वीइन्टल चामल ल्याएको बताए । तथ्यांक संकलन गरेर राहत वितरण गर्ने तयारी छ । आठै स्थानीयतहले वडाध्यक्ष मार्फत मास्क साबुन वितरण भएका छन् ।
तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीका अनुसार गाउँ कार्यपालिका सदस्य ४७ जना, शिक्षक एक सय २० जना र स्वास्थ्यकर्मी र अरु कर्मचारी गरी ७२ जनाको एक एक दिनको तलबभत्ता विपद् कोष स्थापना कोषमा जम्मा गर्ने निर्णय भएको छ । पालिकाको विपद् कोषका लागि पाँच लाख रकम रहेको र बाँकी पाँच लाख रकम जनप्रतिनिधि र कर्मचारीको तलबभत्ताबाट जम्मा गरी १० लाख रकमको विपद् कोष बनाएको हो ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस