राहत वितरणमा जिसस उपप्रमुख बुढाका ४ सुझाब

जुम्ला ।  जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले स्थानीयतह देखि अन्य निकायले बाड्ने राहत एकद्धार प्रणालीबाट वितरण हुनुपर्नेमा जोड दिएका छन् । लक्षित वर्ग नछुट्ने गरी विहान बेलुका छाक टार्न समस्या भएकाहरुलाई मात्र तत्तकाल राहत उपलब्ध गराउने विषयमा स्थानीयतहको ध्यानआर्कषण हुन जरुरी रहेको बताएका छन् ।

राहतका नाममा प्रचारबाजी गर्नु कार्यविधि विपरित गर्दा समस्या आउने भन्दै तत्तकाल राहत दिनुभन्दा बास्तविक लक्षित वर्गको तथ्यांक संकलन गरी राहत वितरण गर्नुपर्नेमा उनले जोड दिएका हुन् ।

कोराना भाइरसको संक्रमण हुन नदिन भइरहेका प्रयास निकै प्रसंसनीय भएको बताएका छन् । उनले यो विपतका बेला आइपर्ने चुनौति संग लड्नको लागि पारदर्शिताको खाँचो औलाए । यहाँका स्थानीय तहहरूमा खाद्यन्न वितरण मास्क तथा अन्य सामाग्री वितरणमा हुनु आफैमा राम्रो पक्ष हो

राहत वितरणमा जिल्ला समन्वय समिति उपप्रमुख कार्मा बुढाका चार सुझाब के हुन त पढौ

उपप्रमुख बुढा भन्छन्,‘ दैनिक उपभोग्य वस्तु वितरणमा वास्तविक बिपन्न परिवारको पहिचान गर्नु पर्ने देखिन्छ ।

स्थानीय तहमा रहेका सम्पूर्ण घरधुरीलाई चामल, नुन, तेल बाड्नु उपयोगी नहुने भएकोले अतिविपन्न नागरिकको पहिचान गरेर संयमताका साथ निर्णय गरि कार्यक्रम कार्यन्वयन गर्दा उपयुक्त होला । ’

उनले वास्तविक विपन्न परिवारको पहिचान गरि दैनिक उपभोग्य बस्तुको सहयोग गर्नु पर्ने, कपडाको सिलाएको मास्कले कोराना भाईरसलाई रोक्न नसक्ने भएकोले विज्ञ संगको परामर्शका आधारमा मास्क वितरण गर्नु पर्ने, हेल्थ डेक्समा रहेका स्वास्थ्यकर्मी थर्मोमिटर काखीमा च्यापेर चार वटा मास्क र ८ जोडा प्लाष्टिक ग्लोब्स उपयोग गरि स्वास्थ्य जाँच गरि रहेका छन् ।,

यसले स्वास्थ्यकर्मी लाई थप जोखिममा पार्ने भएकोले जोखिम न्युनिरकणका लागि सबैको ध्यान केन्द्रित हुनु पर्ने सुझाव दिइएका छन् ।
उपप्रमुख बुढाले कोराना नियन्त्रणका लागि स्थानीय यूवा , स्वास्थ्य कर्मीहरूको प्रयोग गरी र जनचेतनामूलक कार्यक्रम संचालन गर्नु पर्ने सुझाव पनि दिएका छन् ।

स्थानीय, प्रदेश र संघीय सरकारले उपलब्ध गराउने राहत सामाग्री पहुँचका आधारमा पनि विपन्नताका आधारमा वितरण हुनु पर्ने बताएका छन् । नजानेको नबुझेको विषय विज्ञ संगको परामर्शका आधारमा स्पष्ट हुनु पर्ने बताउँदै उपप्रमुख बुढाले थपे,‘ मनोमानी ढंगले काम नगरौँ,असल नियत र दुरगामी महत्व दिने खालका क्रियाकलाप गरौँ । कोराना भाइरसको संक्रमणबाट आफु पनि बचौँ, अरुलाइ पनि बचौँ । यो अहिलेको जिम्मेवारी हुनेछ । ’

प्रतिक्रिया दिनुहोस