¥यापिड डाइगोनोस्टिक टेष्टमा ५० जनाको रिपोर्ट नेगेटिभ



जुम्ला ः जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको स्वास्थ्यकर्मीको टोलीले यहाँका हरेक क्वारेन्टाइनमा पुगेर भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकहरुको ¥यापिड डाइगोनोस्टि टेष्ट (तत्काल जाँच गरिने विधि) अभियान सुरु गरेको छ ।
तातोपानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईका अनुसार ३७ जनाको ¥यापिट डाइगोनोस्टि टेष्टमा सवैको रिपोर्ट नेगेटिभ आएको छ । उनले भने स्वास्थ्यकर्मीको टोलीले तातोपानी स्वास्थ्य चौकीमा आएका ¥यापिड डाइगोनोस्टि टेष्ट गर्दा सवैको रिपोर्ट सवैको नेगेटिभ आएको हो । यस पालिकाको क्वारेन्टाइनमा बसेका ३३ जना मध्ये २१ जना १४ दिनपछि घर फर्केका छन् भने १२ जना टोप्ला क्वारेन्टाइनमा रहेको उनले बताए ।
तिला गाउँपालिकाको भैरव प्रावि जोगीवाडामा १० जना र सिता मावि रारालिहिमा तीन जना गरी १३ जनाको ¥यापिड डाइगोनोस्टि टेष्टमा १३ जनाकै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख गणेश शाहीले बताए । उनले भने भारत र तेस्रो मुलकबाट आएका १२ जना नागरिक र एक जना प्रहरीको ¥यापिट डाइगोनोस्टि टेष्ट गरिएको हो । त्यसैगरी जनस्वास्थ्य सेवा कार्यालयबाट १५ थान पिपिई र १० थान गावन प्राप्त भएको छ । उनले भने प्राप्त स्वास्थ्य सामग्री तत्कालिन स्वास्थ्य चौकीमा पठाउने तयारी भईरहेको छ ।
तेस्रो मुलकबाट आएका १३ जना र भारतबाट आएका ३ सय ७२ जना मध्ये गत २५ चैतमा ३ सय २४ जना स्वाब परीक्षण गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको छ जनस्वास्थ्य सेवा कार्यालय प्रमुख कृष्ण प्रसाद सापकोटाले भने त्यति बेला छुटेका व्यक्तिहरुको ¥यापिट डाइगोनोस्टि टेष्ट गर्न थालिएको हो ।
अहिले रिपोर्ट नेगेटिभ आएपनि १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्काउने बेलमा पनि पुन टेष्ट गरिने छ । ¥यापिड डाइगोनोस्टि टेष्टमा पोजेटिभ देखिएपछि पिसिआर ल्याव टेष्ट गरिने छ । प्रमुख सापकोटाले भने १४ दिन क्वारेन्टाइनमा बसेर टेष्टमा नेगेटिभ आएका व्यक्तिहरुले पुन हप्ता दिन होम क्वारेन्टाइनमा बस्नु पर्ने छ ।

तपाईको प्रतिक्रिया