कोभिड – १९ ः पोख्रीगाउँमा प्रत्येक घरमा धारा

जुम्ला ः विश्वभर फैलिदो कोरोना भाइरस (कोभिड –१९) को संक्रमणबाट बच्न डव्लुएचओले विभिन्न उपायहरुको सिकाउदै आएको छ । कोरोना भाइरस संक्रमणबाट बच्नका लागि नियमति रुपमा साबुन पानीले मिचिमिति २० सेकेण्डसम्म हात धने, स्यानिटाइजरको प्रयोग गर्ने, घरमै बस्ने, बाहिर भिडभाडमा नजाने, जानु परेपनि मास्कको प्रयोग गर्ने जस्ता सरसफाईका विधिहरु सिकाउदै आएको छ । यस्तै खोक्दा टिसियू पेपर वा कुहिनो छोप्नु पर्दछ ।
तिला गाउँपालिका – ७ पोख्री गाउँका स्थानीय हरीबहादुर रोकायाका अनुसार अहिले कोरोना भाइरसबाट बच्नका लागि स्थानीय स्तरमा सवै भन्दा उत्तम विधि भनेकै साबुन पानीले नियमित हात धुनु हो । सरसफाई अन्यविधि स्यानिटाईजर प्रयोग गर्ने यहाँका स्थानीय पाउदैनन् उनले भने हाम्रो लागि बढी उपयोगी भनेकै साबुन पानीले पटक पटक हात धुनु नै हो । अहिले यस गाउँका हरेक घरधुरीमा खानेपानीका धारा निर्माण भएपछि कोरोना भाइरसबाट बच्न सावुन पानीले हात धुन सहज भएको उहाँको भनाई छ ।
तिला गाउँपालिका र हातेमालो सेवा समाज जुम्लाको १७ लाख लागतमा यहाँका ५६ घरधुरीमा खानेपानी पु¥याएको वडाध्यक्ष हस्तबहादुर बुढाले बताए । उनले भने अहिले फैलिदो कोरोना भाइरसबाट बच्न उत्तम उपाय भनेकै सावुन पानीले हात धुनु हो । यतिबेला प्रत्येक घरमा खानेपानीका धारा पु¥याउदा यहाँका स्थानीयलाई सहज भएको छ ।
यस वडामा तीन वटा बस्ती छन् वडाध्यक्ष बुढाले भने अहिले एक बस्तीमा प्रत्येक घरधुरीमा खानेपानी पु¥याउन सफल भएका छौँ आगामी आर्थिक बर्षमा अरु दुई बस्तीका सवै घरधुरीमा खानेपानी पु¥याउने लक्ष्य रहेको छ ।
गाउँमा पानी प्रायप्त भएपछि सरसफाइका क्रियाकलापमा समेत सुधार भएका छन् । प्रत्येक घरको आगनमा बाल्टीन राखिएको छ । त्योसंगै साबुन पनि छ । शौचालय गए आउदा वा घरभित्र पस्दा अनिवार्य रुपामा साबुन पानीले हात धुने गरेका छन् ।
स्थानीय धनबहादुर रोकायाले प्रयाप्त खानेपानीको व्यवस्था हुदा निकै सहज भएको बताए । गाउँमा ठुला दुई वटा ट्यांकी छन् । पानी दिनभर आइरहन्छ । उनले भने ‘पानीले सरसफाइ गर्ने बानीमा सुधार ल्याएको छ । अहिले गाउँका बारीमा करेशाबारी छन् । समयमै हरियो सागपात उत्पादन हुन्छ । तरकारी पनि आफ्नै बारीमा उत्पादन गर्न सकिने अवस्था छ । सिचाइ अभावका कारण निकै समस्या भोगिरहेका यहाँका स्थानीय अहिले १२ महिला हरियो तरकारी प्रयोग गर्छन् । हिउदे सिजनमा प्लाष्टिक टनेल भित्र सागपात उम्रन्छ, बर्षायाममा बारीमा, धनबहादुरले भने अहिले यहाँको जीवनयापनमा निकै सहज भएको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस