कोरोना माहामारीविरुद्ध युवा स्वयमसेवी जुट्दै


जुम्ला ः विश्वभर फैलिदो कोरोना भाइरस माहामारी विरुद्ध जुम्लाका युवा स्वयम् सेवक एक जुट्ने निर्णय गरेका छन् । जुम्लाको सदरमुकाम खलङ्गामा रहेका युवाले कोरोना माहामारीले संकटमा परेका विपन्न बर्गलाई राहतका लागि सहजीकरण गर्ने उद्देश्यका साथ युवा स्वयम सेवक जुटेर यस्तो निर्णय गरेका हुन् ।
लकडाउनको समयमा भोगका कारणले कोही पनि मर्न नपरोश भन्ने हेतुले स्वयमसेवी समुहका सदस्यले राज्यका जिम्मेवार निकायहरुलाई सहयोग, समन्वय र पीडित व्यक्ति पहिचान गरी राहत वितरणमा सहजीकरण गर्ने निर्णय भएका युवा हंसराज न्यौपानेले बताए । उनले भने जुम्ला बजार अहिले पुर्णरुपमा लकडाउन छ । यतिबेला यहाँ भौतारियर हिड्ने, सडक पेटीमा सुत्ने बौद्धिक अपांगता भएका व्यक्तिले खान पाएका छन् छैन कसैलाई थाहाँ छैन । यिनै व्यक्तिहरुलाई र श्रमिक मजदुरहरुका अवस्थामा बारेमा अध्ययन गरी राहतका लागि सहजकरणको गर्ने यस समुहको भुमिका रहने उनले बताए ।
राहत वितरण तथा सहयोग गर्दा पीडित पक्षको फोटो नखिच्ने, यस्तै स्वयम्सेवी समुहमा जुम्लाबासी देखि अन्य व्यक्तिहरुलाई पनि जोडिन आग्रह गर्ने निर्णय भएको उनको भनाइ छ ।
विपन्न व्यक्तिहरुका लागि राहत स्वरुप सहयोग गर्नका लागि समुहमा आबद्ध भएका १४ जना व्यक्तिहरुले ४३ हजार रकम जम्मा गरेका छन् भने समुहमा जोडिन व्यक्तिले स्वइच्छा अनुसार रकम जम्मा गर्न पनि सकिने स्वयम्सेवी समुहले जनाएको छ ।
पहिलो चरणमा समुहमा आबद्ध व्यक्तिहरु लक्ष्मीचन्द्र खत्री, बुद्दी तामाङ, (प्रियंका) छिरिङ्ग लामा, शारादा पछाई, बालकृष्ण बुढा, गोविन्द सुनार, नविन न्यौपाने, प्रकाश शाही, धनराज सुनार, हरिश रोकाया, हंसराज न्यौपाने, ललितजंग महत, टासी दोर्जी तामाङ्ग र यज्ञ अधिकारी रहेका छन् ।

तपाईको प्रतिक्रिया