
मानदत्त रावल
जुम्ला ः हिमाली जिल्लाहरुमा फागुन १ गते देखि शैक्षिक सत्र सुरु भएपनि पाठ्यपुस्तक भने आएका छैनन् । हिमाली जिल्ला जुम्ला, मुगु, कालिकोट, डोल्पा, हुम्ला लगायतका हिमाली जिल्लामाहरुमा फागुन देखि मंसिर सम्म विद्यालय संचालन हुने र पुस र माघ जाडो हुने भएकाले जाडो विदा हुने गर्दछ ।
सामुदायिक विद्यालय माघ २६ गते देखि संचालनमा आएपनि पाठ्यपुस्तक नपुगेका कारण विद्यार्थीहरु पुस्तक नलिएर विद्यालय जाने गर्दछन् ।
जिल्ला शिक्षा अधिकारी नारायणकृष्ण श्रेष्ठका अनुसार प्रावि तह १ देखि ५ कक्षा सम्मको पाठ्यपुस्तक नेपालगज्जसम्म आईपुगेको छ भने अरु मावि तहसम्म पाठ्यपुस्तक जनक शिक्षा सामाग्रीले केही जिल्लामा पुर्याएको र केही आउन बाँकी रहेको छ । उनले भने अहिल विद्यार्थीको हातमा पुगेको छैन फागुन दोस्रो सातासम्म पुग्ने छ । अहिले पाठ्यपुस्तकको रकम सवै स्थानीय तहमा गएकोले गाउँपालिका नगरपालिकाले विद्यालयमा खातामा हाल्ने व्यवस्था रहेको उनले बताए । जिल्ला शिक्षा अधिकारी श्रेष्ठले भने अहिले विद्यालयमा भर्ना अभियान चलिरहेका छ ।
पाठ्यपुस्तक जुम्लाका लागि तीनवटा विग्रेताहरु रहेका छन् । जीपी स्टेसनरी, सध्या स्टेसनरी र सिजा भेगका लागि सिजाको स्टेसनरी मार्फत पाप्त गर्ने व्यवस्थापन गरिएको जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ ।
जिल्ला शिक्षा कार्यालय जुम्लाका शाखा अधिकृत महेश देवकोटाका अनुसार पाठ्यपुस्तकका लागि प्राप्त बजेट नआएकोले अझै पनि ५५ लाख बजेट अपुग छ । पाठ्यपुस्तकका लागि आएको बजेट ९५ लाख ३५ हजार हो अपुग बजेट माग गरी बढाएको छौँ उनले भने ५÷१० प्रतिशत तलमाथि हुन सक्छ ३१ हजार विद्यार्थीका लागि १ करोड ८३ लाख ९ सय २७ रुपैया बजेट आवश्यक पर्दछ । यो बजेट सवै ८ वटा स्थानीय तहमा जाने हो ।
जुम्ला जिल्लामा ९२ प्रावि, ३१ निमावि, ४६ मावि १५ उमावि छन् । ८ सय ७ शिक्षक दरबन्दी रहेकामा दरबन्दी रिक्त भने नरहेको जनाएको छ । १४ हजार ५ सय १४ बालक र १५ हजार ५ सय ४० बालिका गरी ३० हजार ५४ जना विद्यार्थी रहेका छन् ।
भर्ना अभियान भन्दै विद्यालयमा न शिक्षक न विद्यार्थी
जुम्लाका ग्रामिण भेग ताम्ती, मालिकाठाटा, घोडेमहादेव, पातारासी, गोठीचौर लगायतका क्षेत्रमा पर्ने विद्यालयहरु सुनसान छन् । माघ २६ गते देखि फागुन पहिलो सातासम्म भर्ना अभियान भनेपनि विद्यालय देखि गाउँघरमा न विद्यार्थी भेटिछन् न त शिक्षक नै ।
भर्ना अभियानका नाममा सवैले ठग्ने गरेको एक स्थानीय व्यक्तिले आक्रोस व्यक्त गरे । भर्ना अभियानका नाममा शिक्षकले ठग्ने गरेका छन् । जति भर्ना अभियान भनेपनि सम्पन्न वर्गका छोराछोरी निजि विद्यालयमै भर्ना गर्दछन् उही विपन्न गरिवका छोराछोरी सरकारी विद्यालयमा पढ्न जाने त हुन् तातोपानी गाउँपालिका ८ ताम्ती जोखे रावतले भने ।
चन्दननाथ माविका प्रधानाध्यापक टंक महतले विग्रेताहरुले बजारमा पाठ्यपुस्तक ल्याएका छन् भन्ने जानकारी भएको छ अहिले भर्ना अभियान चलिरहेकोले विद्यालय फागुन दोस्रो साताबाट चल्छ अब विद्यार्थीको हातमा पाठ्यपुस्तक आईपुग्छ ।