अलपत्र परेका चितवनका दुई जनालाई राहत



जुम्ला ः विश्वभर फैलिदो कोरोना भाइरस (कोभिड १९) महामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि लकडाउन भएपछि जुम्लामा अलपत्र परेका चितवनका दुई जना व्यक्तिलाई राहत सहयोग गरिएको छ ।
लकडाउन अघि जुम्ला पुगेका भरतपुर महानगरपालिका – २७ चितवनका दुई जना व्यक्तिलाई जुम्ली स्वयमसेवकको टोलीले राहत उपलव्ध गराएर सहयोग गरेको हो ।
लकडाउन भएपछि घर फर्किन नपाएका जयबहादुर कुमाल र भिष्म महत्तो एक महिना देखि जुम्लामै छन् । उनीहरुलाई तातोपानी गाउँपालिका २ की सत्यदेवि डाँगीले आश्रय दिदै आएकी थिईन । उनीहरु जुम्लामा अलपत्र परेको मिडियामा कुरा आएपछि राहतका लागि सहयोग जुटेको हो ।
जुम्ली स्वयमसेवकको टोलीले बुधबार उनीहरुलाई २५ किलो चामल, दुई किलो दाल, तेल दुई प्याकेट र एक सय रुपैयाको रिर्चाज कार्ड उपलव्ध गरी सहयोग गरिएको युवा स्वयम् सेवी हंशराज न्यौपानेले बताए । बारिह जिल्लाका जुम्लामा अलपत्र परेका र अतिविपन्न व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले जुम्ली युवाले व्यक्तिगत रकम संकलन गरेर राहत स्वरुप सहयोग गर्ने तयारी गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया