पत्रकार मल्लको जुम्ला अस्पतालमा निशुल्क उपचार


जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले मुगु जिल्लाका नेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष तथा नागरिकर्मी सुमन मल्लको निशुल्क उपचार गर्ने भएको छ । मानसिक रुपमा समस्या आएपछि नागरिककर्मी मल्ल तीन दिन अघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना भएका छन् । उनलाई मुगु जिल्ला अस्पतालमा एक सातासम्म उपचार गर्दा पनि सुधार हुन नसकेपछि जुम्ला रेफर गरिएको थियो । आर्थिक अवस्था कमजोर भएका पत्रकार मल्लको कर्णाली अस्पतालले निशुल्क उपचार गर्ने व्यवस्था गरेको हो । निको भइसकेपछि मुगुसम्म पु¥याउन सकिने व्यवस्था गरिने प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले पत्रकार मल्लको सम्पुण उपचार निशुल्क हुने बताए । उनले भने, ‘पत्रकार मल्ल कर्णालीको बरिष्ठ पत्रकार पनि हुन् । कला संस्कृतिको अमुल्य सम्पति पनि हुन् । यो बेला कर्णाली प्रतिष्ठानले उहाँको उपचार निशुल्क गर्छ ।’ पत्रकार मल्लसँग भेटेर रजिष्टार काफ्लेले उपचारको लागि चिन्ता नगर्न आग्रह गरे ।
पत्रकार मल्लले कर्णाली दक्षिण बग्दो छ, सुइना कर्णालीका नाटक लेखेर ख्याति कमाएका छन् । कर्णाली प्रतिष्ठानले पत्रकार मल्लको उपचारका साथै खानपिनको व्यवस्था समेत गर्ने भएको छ । रजिष्टार काफ्लेले भने, ‘उपचारमा विशेषज्ञ डाक्टरको उच्च निगरानी छ । उपचार पनि निशुल्क गर्ने भनिरहेका छौँ । उहाँको उपचार गर्न सिंगो प्रतिष्ठान लागि परेको छ ।’
पत्रकार मल्लको उपचारमा संलग्न डा धिरज गुरुङले स्वास्थ्य अवस्थामा सुधार हुदै आइरहेको बताए । उनका अनुसार मधुमेह र छारे रोगको पनि उपचार भइरहेको छ । दुइ तीन दिन भित्र उहाँको सबै रिर्पोट आउने भएकोले अस्पतालमै राखेर उपचार गरिने भएको हो । त्यसपछि अस्पतालमा राख्ने की डिस्चार्ज गर्ने भन्ने बारेमा निक्र्यौल हुनेछ ।
नेपाल पत्रकार महासंघ शाखा जुम्लाले पनि पत्रकार सुमन मल्ल बचाउ अभियान शुरु गरेको छ । सबै पत्रकारले आफ्नो इच्छा अनुसार रकम संकलन गरेर आइतबार हस्तान्तरण गर्ने तयारी भई रहेको अध्यक्ष बरमबहादुर महतले बताए । पत्रकार महासंघ शाखा जुम्लाले पत्रकार मल्लको स्वास्थ्य लाभको कामना गर्दै सहयोगी निकाय, इच्छुक ब्यक्ति र पत्रकारहरुलाई आर्थिक सहयोग गर्न अपिल गरिएको उनले बताए । एक प्रेश विज्ञप्ति जारी गर्दै महासंघले पत्रकार मल्लको जीवन रक्षाको लागि सहयोग गर्न अनुरोध गरेको हो ।
यसैगरी प्रेश युनियन जिल्ला समिति जुम्लाले पनि पाँच हजार रुपैयाँ पत्रकार सुमन मल्लको उपचारका लागि सहयोग गरेको अध्यक्ष इश्वरीप्रसाद देवकोटाले जानकारी दिए । पत्रकार नरेश भण्डारीले पनि व्यक्तिगत रुपमा तीन हजार रुपैया प्रदान गरी सहयोग गरेका छन् । सहयोग गर्न चाहने व्यक्ति र संस्थाले पत्रकार सुमन मल्लको नाममा राष्ट्यि बाणिज्य बैंक मुगु शाखामा रहेको खाता नम्बर ४०६०००७५१५१० मा जम्मा गर्न सकिने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया