जुम्ला अस्पतालमा कोरोना परीक्षण पिसिआर मेसिन सुचारु

जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोरोना परीक्षणका लागि पिसिआर उपकरण (मेसिन) सञ्चालनमा आएको छ । अस्पतालमा पुगेको पिसिआर उपकरण जडान गरी सोमबार साँझ देखि सञ्चालनमा आएको हो ।
अस्पताल निर्देशक चिकित्सक डा. मंगल रावलका अनुसार प्रतिष्ठानले आफ्नै लगानीमा टेण्डर आब्हान गरेर २७ लाख बजेटमा चीन देखि पिसिआर उपकरण जुम्ला ल्याएको हो । यो उपकरणले एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सक्ने क्षमताको छ । ल्यावका कर्मचारी र उपकरणको व्यवस्थापन गरी कोरोना परीक्षण गर्न सुचारु गरिउको हो ।
पिसिआर उपकरण सञ्चालनमा आएपछि पहिलो चरणमा सात जनाको कोरोना परीक्षण गर्ने तयारी गरिएको अस्पताल निर्देशक डा रावलले बताए । उनले भन “अहिले प्रतिष्ठानमा दुई सय थान किट आएको छ । यहाँका लागि एक हजार माग किट थप माग गरेका छौँ ।”
फैलिदो कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि यहाँका स्वास्थ्यकर्मी तदारुकता साथ खटिएका छन् । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले भने “निरन्तर मेहनत, प्रतिष्ठानको टिमको खटाई, प्रदेश र संघीय सरकारको सहयोग कोरोना परीक्षण पिसिआर उपकरण जुम्ला ल्याएर सञ्चालनमा आएको हो ।”
लकडाउन अवधिमा जुम्लामा १० हजार ७१३ जना नागरिक बाहिरबाट भित्रिएका छन् । ७३४ बेडको क्वारेन्टाइनमा ६५१ जना बसेका छन् । ५६४ जना होम क्वारेन्टाइनमा बसेको जिल्ला प्रशासन कार्यालय जुम्लाले तथ्यांक सार्वजनिक गरेको छ । ५०१ जनाको कोरोना परीक्षण गरिएकोमा सवै जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । लकडाउन उल्लघंन गर्ने ६३९ सवारी साधन प्रहरीको कारवाहीमा परेको जनाएको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस