लिपुलेक हस्तक्षेप विरुद्ध नेमकिपाको विरोध

जुम्ला ः भारतले लिपुलेकस्थित नेपाली भूमि मिचेर चीनको मानसरोबर जाने सडक निर्माण गरेको विरुद्ध नेपाल मजदुर किसान पार्टी जुम्लाले विरोध जुलुस निकालेका छ । आइतबार कर्णालीका विभिन्न स्थानमा नेपाल मजदुर किसान पार्टीले विरोध जुलुस निकालेको हो । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर, सुर्खेत, जुम्लामा जुलुस निकालिएको छ ।
प्रदर्शनमा भारतीय विस्तारवाद मुर्दावाद, कालापानी हाम्रै हो, लिपुलेक पनि हाम्रै हो, भारतीय सेना कालापानी छोड लगायतका नारा लगाएका छन । नेपाल मजदुर किसान पार्टीले जुम्ला बजार परिक्रमा गरी समाजिक दुरी कायम गरी कृष्ण मन्दिरमा कोण सभामा गरिएको थियो । सरकारलाई सुगौली सन्धीले तोकेको भूमि समेटेर आधिकारिक नक्सा सार्वजनिक गर्न माग गर्दै नेमाकिपाले जुम्ला बजारमा नारा जुलुस गरेको हो ।
नेमाकिपाले नेपाल सरकारको तर्फबाट सुगौली सन्धिले तोकेको नेपालको आधिकारिक नक्सा प्रकाशन गर्न जुलुसमार्फत माग गरेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले दार्चुलास्थित लिपुलेक भएर मानसरोवर जाने बाटो शुक्रबार उद्घाटन गरेका थिए । उक्त कार्यप्रति नमाकिपाले असन्तुष्टि व्यक्त गरेको युवा नेता लालबहादुर बुढाले बताए । आफ्नो भूमिमा विदेसिले ८० किलोमिटर सडक निर्माण गर्दा पनि नेपाल सरकार मौन बसेको नेमाकिपाले आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस