कर्णालीमा दश हजार स्वाब संकलन गरी जाँच गरिने


जुम्ला ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने पछिल्लो समयमा कोरोना जोखिम क्षेत्र भारत नेपालका केही जिल्लाबाट आएर सिधै आ आफ्ना घरमा पुगेपछि जोखिम बढेका हो ।
यसको सामना सबै कर्णालीबासी मिलेर कोराना भाइरस नियन्त्रण तथा रोकथाम गर्नु पर्छ । अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण कर्णालीमा नदेखिएको बताउँदै उनले अझै मर्यादित रुपमा कोभिड बिरुद्ध गरिएको लकडाउनको पुर्ण पालना आवश्यक रहेकोमा मुख्य मन्त्री शाहीले जोड दिए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोराना भाइरस बिरुद्ध भइरहेको पुर्वतयारीको अनुगमन गर्न पुगेका मुख्यमन्त्री शाहीको टोलीले लकडाउनको पुर्ण पालना गर्दै कोरोना भाइरस बिरुद्धको अभियानलाई निमूल बनाउने सकिनेमा जोड दिएको छ ।
कोरोना भाइरसले कर्णालीमा पार्ने प्रभाव न्युनिकरण गर्न कर्णाली प्रदेश सरकार निकै चनाखो भएर लागि परेको मुख्यमन्त्री शाहीले बताए । मुख्यमन्त्री शाहीले अब बाहिरबाट कर्णाली प्रदेशमा प्रवेशमा कडाइ गर्ने बताए । संक्रमित हाम्रो प्रदेशमा छन् । टोलटोलमा पुगेका छन् भन्ने मानसिकता बनाउन जरुरी रहेकको छ ।
हप्ता दिन भित्रको नतिजापछि लकडाउनको कुरालाई पुर्नविचार गरिने उनले बताए । जहाँ कोरोनाको संक्रमित भेटिन्छ त्यही मात्र लकडाउन सिल गर्ने कर्णाली प्रदेश सरकारले योजना भएको छ । वडा, बस्ती, टोल, गाउँपालिका जिल्ला जहाँ कोकोरोना भेटिन्छ त्यही मात्र सिल गर्ने र अन्य ठाउँमा लकडाउन खुकुलो हुने छ । जसले मानवीय जीवनयापनमा सहजता ल्याउने तयारी गरेको छौँ मुख्य मन्त्री शाहीले भने ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले अहिले कर्णाली प्रदेशका दश जिल्लाका ७ सय १८ वडामा स्वास्थ्यकर्मी परिचालन गरिएको बताए । उनले भने कम्तीमा एक वडाबाट १० जनाको स्वाब परिक्षण गर्नु भनेर निर्देशित गरेका छौँ । कर्णालीका २७ स्थानमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।’
परिचालित भएका स्वास्थ्यकर्मी गाउँमा गएर वडा स्तरमा रहेका स्वास्थ्यकर्मीलाई तालिम दिएर स्वाब संकलन गरिने छ । स्वास्थ्यकर्मीले स्वाब संकलन गरेर परिक्षण गर्ने छन् । हप्ता दिनमा १० हजार संकलित स्वाब परीक्षण गरिने छ उनले भने ।
कर्णाली प्रदेशमा अहिले तीन वटा आरटी पिसिआर कोरोना परीक्षण गर्ने उपकरणको व्यवस्थापन गरिएको छ । सुर्खेत स्थित अस्पतालमा दुई वटा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एक वटा उपकरणको व्यवस्थापन गरिएको छ ।

तपाईको प्रतिक्रिया