थप १ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या १२१ पुग्यो

जुम्ला । नेपालमा थप एकजनामा कोरोना संक्रमण पृष्टी भएको छ । आज विहान १० जना भरर्खर एकजना र गरी हाल सम्म नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बि.पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरानको प्रयोगशालामा गरिएको परिक्षणमा एक जनामा नयाँ सङ्क्रमण पुष्टी भएको हो ।

सङ्क्रमित हुनेमा सप्तरी डाक्नेधोरी नगरपालिका वडा नं.३ निवासी १८ बर्षीय परुष रहेका छन् ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवत्ता समिरकुमार अधिकारीले बताउनुभयो ।

त्यस्तै आज विहान मात्रै  थप १० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमा कपिलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि गाउँपालिकाको वडा ७ र १० निवासी रहेका छन् ।

सङ्क्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमितहरू १८ देखि ३४ वर्षसम्मका रहेका छन् ।

एक जनाको उमेर नखुलेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या १२१ पुगेको छ ।

हालसम्म सबै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

रेडियो नेपालबाट……..
प्रतिक्रिया दिनुहोस