काठमाडौं-थप १३ जनामा कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रुपन्देहीमा ६, कपिलवस्तुमा ६ र बर्दियामा १ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै २४ घण्टाभित्र कोभिड १९ देखिनेको संख्या २४ जना पुगेको छ ।
यसअघि सोमबार नै कपिलवस्तुमा १० जना र सप्तरीमा एक जनामा कोभिड १९ पोजेटिभ देखिएको थियो । नेपालमा हालसम्म १ सय ३४ जनामा कोविड १९ पुष्टी भएको छ भने ३३ जना निको भएर घर फर्किएका छन् ।
प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार