चौध दिनपछि क्वारेन्टाइनबाट ९३० जना घर फर्किए


जुम्ला : मुलुकभर फैदिो कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि संघीय सरकार अघि १० चैतमा स्थानीय प्रशासनले जुम्लामा लकडाउन घोषणा गरेको थियो । लकडाउन अवधिमा भारत तथा तेस्रो मुलुक र जिल्ला बाहिरबाट जुम्लामा १० हजार ९७० जना नागरिक भित्रिएका हुन् । जिल्ला भित्रिएका मध्ये ९३० जना १४ दिनसम्म क्वारेन्टाइनमा बसेर घर फिर्ता भएका छन् । अहिले जुम्लाको एक नगरपालिका र सात गाउँपालिकाले निर्माण गरेका ५२१ बेडको क्वारेन्टाइनमा १८२ जना बसेका छन् ।
क्वारेन्टाइनबाट १४ दिन घर फर्केनेहरु मध्ये कोरोना जोखिम भएका जिल्ला र देशबाट आएका नागरिकलाई नमुनाको रुपमा ¥यापिट डाइगोनोस्टिक टेष्ट गरेर रिपोर्ट नेगेटिभ आएपछि घर फर्काएको जनस्वास्थ्य प्रमुख कृष्ण प्रसाद सापकोटाले बताए । उनले भने “किट अभावका कारण अन्य व्यक्तिहरु सामान्य स्वास्थ्य परीक्षण गरी घर पठाएको हो ।”
बाहिरबाट जुम्ला भित्रिएका ५१६ जना अहिले पनि होम क्वारेन्टाइनमा बसेका छन् । त्यसैगरी अहिलेसम्म जुम्लामा ४ सय १४ जनाको आरटी पिसिआर र २ सय ६१ जनाको आडिटी कोरोना परीक्षण गरिएकोमा सवै जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।
आरटी पिसिआर कोरोना भाइरस परीक्षण गर्नका लागि जम्लामा ८४९ स्वाब संकलन गरिएको छ । यहाँका स्थानीय स्तरमा चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोली परिचालन गरी स्वाब संकालन गरिएको हो ।
कर्णाली प्रदेश सरकारको १० जिल्लामा १० हजार स्वाब संकलन गरी कोरोना परीक्षण गर्ने उद्देश्य अनुसार जुम्लामा ८४९ जनाको स्वाब संकालन गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला अस्पताल निर्देशक डा. मंगल रावलले बताए ।
पातारासी गाउँपालिका ७०, चन्दननाथ नगरपालिका ५८, तातोपानी गाउँपालिका एक सय ५०, तिला ७०, हिमा ३७, कनकासुन्दरी दुई सय, गुठीचौर ९५ र सिंजा २ सय ९ जना गरी ८ सय ४० जनाको स्वाब संकलन गरिएको उहाँले बताउनुभयो । स्वाब संकलन पछि मंगलबार देखि नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोरोना आरटी पिसिआर परीक्षण गर्ने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया