एकैदिन नेपालमा ५७ जनाका कोरोना पोजेटिभ, संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं—नेपालमा थप ५७ जनामा एकैदिन कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार देशका विभिन्न जिल्लामा थप ५७ जनामा कोरोना पोजेटिभ देखिएको हो । मंगलबार कपिलवस्तु ८, रुपन्देही ९, पर्सा ३९ र बारामा १ जनामा कोरोना पोजेटिभ देखिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । नयाँ संक्रमित सबै जना पुरूष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । संक्रमितमध्ये ३३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

थप पढनुहोस: https://www.healthaawaj.com/news/15479/
Find us on Twitter: @healthaawaj | Facebook: HealthAawajOfficial
प्रतिक्रिया दिनुहोस