मितीः२०७७÷०२÷०१
उपरोक्त सम्वन्धमाअनुकुलन कोष,नेपाल सरकार वनतथावातावरण मन्त्रालय र विश्वखाद्यकार्यक्रमको आर्थिक सहयोगमा साझेदारी सहयोग केन्द्र (पेश नेपाल) जुम्लाद्धारा संचालितनेपालको कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्धारा सिर्जित चुनौती अनुकूलन सम्वन्धि कार्यक्रम (क्याफ्स कर्णाली) परियोजना संचालित तातोपानी,तिलार हिमा गाँउपालीका तपसिल बमोजिमका आयोजनाहरुको निर्माण कार्य संचालन भइरहेकाले तिला गाँउपालीका १ रारालिही बजारबाट निर्माण कार्यस्थल सम्म ढुवानी गर्नु पर्ने भएकोले इच्छुक ढुवानी सेवाले आफ्नो निवेदन, दर्ता प्रमाणपत्रहरु र दररेटका साथ सुचना प्रकाशित मितिबाट ७ दिनभित्र (२०७७ जेष्ठ ०७गते बुधबार दिनको ५ः००बजे भित्र) पेस नेपालको कार्यालय वा [email protected] मा पठाउन हुन अनुरोध गरिन्छ र थप जानकारीका लागी ९८५१०९६३९९, ९८४८०४६४०० मोबाइलमा नम्बरमा सम्र्पक गर्नुहोला ।
तपसिल
क्र.स योजनाका नामहरु ठेगाना कैफियत
१ बडाबथान खानेपानी तिला गाउँपालिका ६ सुडी
२ ठाडोखोला सिचाई तिला गाउँपालिका २, रारालीहि
३ टोप्लानाली निर्माण तातोपानी गाउँपालिका ८, टोप्ला
४ राराली लिप्ट सिचाई तिला गाउँपालिका १, डूण्डेली
५ मानेचौर रष्टिक स्टोर तिला गाउँपालिका ९ मानेचौर
६ घट्टेखोला सिचाई तातोपानी गाउँपालिका ७, सर्मी
७ भित्रखोला सिचाई तिला गाउँपालिका ७, घोडेसीम