
काठमाडौं—बाँकेमा एकै दिन ४७ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा १ सय ९० जनाको थ्रोट स्वाब परीक्षण गर्दा थप ४७ जनामा कोरोना पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ । बाँकेमा यसअघि ३४ जनामा कोरोना भाइरस पुष्टी भएको थियो । सोमबार ४७ जना थपिएसँगै बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या ८१ पुगेको छ । यसअघि पर्सामा एकैदिन ५७ जनामा कोरोना पोजेटिभ पुष्टी भएको थियो । त्यसपछि एकैदिन एकै जिल्लामा यति धेरै कोरोना भाइरसका पोजेटिभ केस देखिएको यो दोस्रो पटक हो ।
थप पढनुहोस: https://www.healthaawaj.com/news/16127/
Find us on Twitter: @healthaawaj | Facebook: HealthAawajOfficial
थप पढनुहोस: https://www.healthaawaj.com/news/16127/
Find us on Twitter: @healthaawaj | Facebook: HealthAawajOfficial
प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार