जुम्ला ः फैलिदो कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्नका लागि देश ५८ देनदेखि लकडाउनमा छ । संघीय सरकार अगाबै कर्णाली प्रदेशको जुम्लामा १० चैत ०७६ मा नै लकडाउन घोषणा गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको नेतृत्वको सुरक्षा समितिको टोलीले स्थलगत लकडाउन अनुगमन गरेको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए । उनले भने लकडाउन उल्लघंन हुन थालेपछि २÷४ दिन नियमित अनुगमन गर्ने र लकडाउन कडा बनाउन खोजिएको हो ।
जिल्लामा लकडाउन अवधिभर लकडाउन उल्लघंन गर्ने ९६ वटा ठुला सवारी साधन र ५७२ मोटरसाइकल गरी ६६७ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिई कारवाही गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
लकडाउन अवधिभर ११ हजार २११ नागरिक जिल्ला भित्रिएका छन् । ४४ जना क्वारेन्टाइनमा रहेका छन् भने एक हजार २२७ जना १४ दिनपछि क्वारेन्टाइनबाट घर फिर्ता भएको प्रशासनले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरिएको छ । त्यसैगरी एक हजार ६०४ जनाको पिसिआर र २६३ जनाको आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।