
जुम्ला ः कर्णालीमा थप १०६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको पिसिआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
खल्याड गाउँपालिका – २ मुगुका २७ बर्षका पुरुषमा कोरोना भाइरस पुष्टि भएको प्रतिष्ठानका मेडिकल रेकटर मेघराज बुढाले बताए । त्यसैगरी आरटी पिसिआर परीक्षणमा दैलेख जिल्ला नारायण नगरपालिका ६४ जना पुरुष, ५ जना महिलामा कोरोना पुष्टी भएको छ ।
देवलकाँडाका १२ जना पुरुष, सोतका ९ जना पुरुष, मानटाकुराका ७ जना पुरुष, साडुका २ पुरुष, भगनीका ५ जना पुरुष, बासकोट एक जना पुरुष गरी १०५ जनामा कोरोना भाइरस पुष्टि भएको उनले बताए ।
गत २२ बैशाखदेखि प्रतिष्ठानले आरटी पिसिआर उपकरण सञ्चालनमा ल्याएदेखि पाँच हजार ३२४ जनाको कोरोना परीक्षण गर्दा २१३ जनाको पोजेटिभ रिपोर्ट आएको छ । त्यसैगरी परीक्षणमा चार हजार १३७ जनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ । ४८२ जनाको पुलिङ प्रविधिबाट परीक्षण भएको जनाएको छ ।