जुम्ला ः जुम्लाको चन्दननाथ नगरपालिका – ८ धुपीढुस्कास्थित भैरव माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका मृतक ६५ वर्षीय वृद्धको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ । उनको बिहीबार राति क्वारेन्टाइनमा मृत्यु भएको हो । तीन दिनअघि बर्दिया जिल्लाबाट आएका वृद्ध दमका रोगी भएको बुभिन आएको छ ।
बृद्धको क्वारेन्टाइनमा मृत्युपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको स्वास्थ्यकर्मीको टोली घटना स्थल पुगेर स्वाब संकलन गरेको थियो ।
संकलित स्वाब पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले बताए । उनले भने मृतक बृद्धसहित क्वारेन्टाइनमा बसेका चार जनाको स्वाब परीक्षण गर्दा सवै जनाको रिपोर्ट नेगेटिभ आएको छ ।